चैत्र १४, २०८२ शनिबार | ०५:०५:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मलेसियासँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं । एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । पराजयसँगै नेपालले एसिसी महिला एसिया कप खेल्ने अवसर गुमाएको छ ।

क्वालालाम्पुरस्थित बायोमास ओभलमा शुक्रबार नेपालले प्रस्तुत गरेको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाका लागि इल्सा हन्टरले ५३ बलमा ६ चौकाको मद्दत अविजित ६९ रनको योगदान गरिन् । यसैगरी माहिरा स्माइलले १६, मास एलिसाले १३ र वान जुलीले ११ रन बनाए ।

नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई तथा रुबिना क्षेत्री र कविता कुँवरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पार्यो ।नेपालका लागि कप्तान इन्दु बर्माले २९, डली भट्टले २५, कविता कुँवरले २३ र रुबिना क्षेत्रीले २० रन बनाए  ।

मलेसियाका लागि माहिरा स्माइलले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिए । तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।

नेपालले प्रतियोगितामा पहिलो पराजय ब्यहोरेको हो । क्वार्टरफाइनलमा डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा कुवेतलाई आठ विकेटले हराउँदा समूह ‘डी’ को अन्तिम खेलमा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । त्यसअघिका दुई खेलमा भुटान र हङकङलाई समान आठ विकेटले हराएको थियो ।

मलेसियाले उपाधिका लागि युएईको सामना गर्नेछ । युएईले थाइल्यान्डलाई चार रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो