चैत्र ७, २०८२ शनिबार | ०९:५९:३५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

क्यानडाले दियो नेपाललाई २३३ रनको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा क्यानडाले २३३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२  रनको योगफल तयार पारेको हो ।

क्यानडालाई मध्यम रनमा रोक्न नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले सर्वाधिक तीन तथा कुशल मल्लले दुई विकेट लिए । त्यस्तै ललित राजवंशी र अकाश चन्दले समान एक खेलाडीलाई पेभिलीयनको बाटो देखाए ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले अर्धशतकीय पारी खेल्दा निखिल दत्तले ४५ रन बनाए । त्यसैगरी कप्तान साद बीन जाफर ३१ रनमा अवीजित रहँदा हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

खेलको दोस्रो ओभरको दोस्रो बलमै हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका धामीले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् । मात्र चार रन बनाएका जोन्सन देव खनालबाट क्याच भए ।

क्यानडाका निकोलस र्कीतनलाई आउट गरेपछि नेपालका कुशल मल्ल कुशल भुर्तेलसँग खुसी साट्दै, तस्वीरः क्यान

तीव्र गतिका बलर आकाश चन्दले १४औं ओभरको अन्तिम बलमा श्रीमान्थ विजेरत्नको विकेट लिएपछि नेपालले दोस्रो सफलता हासिल गर्यो । २८ बलमा २२ रन जोडेका विजेरत्न कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।

चार ओभरपछि कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले निकोलस र्कीतनलाई पेभिलीयन फर्काए । मात्र तीन रन जोडेका र्कीतन भिम सार्कीबाट क्याच भएका थिए ।

तेस्रो विकेटपछि ओपनर धलिवाल र पाँचौं नम्बरका ब्याटर हर्ष थेकरले पारी सम्हाल्ने कोशिस गरेका थिए । तर, ३० रनको साझेदारी ब्रेक गर्दै ललित राजवंशीले धलिवालको विकेट लिए । ८२ बलमा ५० रन जोडेका धलिवाल आकाशबाट क्याच भएका थिए ।

धलिवाल पेभिलीयन फर्किएपछि क्रिजमा आएका श्रेयस मोब्बाले थेकरसँग मात्र ३१ रनको साझेदारी गर्न सके । व्यक्तिगत दोस्रो विकेट लिएका कुशलले ५७ बलमा २९ रन जोडेका थेकरलाई एलबीडब्लुको शिकार बनाए ।

थेकर आउट भएपछि क्यानडाको लडबडिएको इनिङ्स निखिलले सम्हाले । भिम सार्कीबाट रन आउट हुनुअघि निखिलले श्रेयस मोब्बासँग मिलेर ५४ रनको साझेदारी गरे । ६२ बल खेलेका निखिल अर्धशतक बनाउन मात्र पाँच रनले चुके ।

छैटौं विकेट गुमाएको २७ रनपछि क्यानडाले मोब्बालाई २५ रनमा गुमायो । हेमन्तको व्यक्तिगत दोस्रो विकेटमा मोब्बा पेभिलीयन फर्किएका हुन् । उनी कुशल भुर्तेलबाट क्याच भएका हुन् । त्यसको पाँच रनपछि नै क्यानडाले आठौं विकेट गुमायो । यसपाली डिल्लोन हेलिगर हेमन्तको शिकार बने ।

नेपाल जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो ।

यता क्यानडा पनि जित निकाल्दै ‘क्लिन स्विप’ बचाउने लक्ष्यमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो