अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा शनिबार नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर क्यानडाका कप्तान साद बिन जफरले नेपाललाई फिल्डिङको निम्तो दिए ।

नेपाल लगातार दोस्रो जित  निकाल्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो ।

यता क्यानडा पनि जित निकाल्दै शृंखला बराबरी गर्ने लक्ष्यमा छ । 

 प्रशिक्षक मोन्टी देसाईले टोलीका तीन परिवर्तन गरेका छन् । उनले कुशल भुर्तेल, आरिफ शेख र ललितनारायण राजवंशीको स्थानमा देव खनाल, आनिल शाह र आकाश चन्दलाई मौका दिएका हुन् । यससँगै आकाशले राष्ट्रिय टोलीका ‘डेब्यू’ गरेका छन् । 

नेपालको पहिलो रोजाईः

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख देव खानाल, आकाश चन्द, कुशल मल्ल, भीम सार्की, अनिल शाह , पवन सराफ, सोमपाल कामी, सूर्य तामाङ ,रिजन ढकाल