चैत्र १७, २०८२ मंगलबार | ०४:३५:१५
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

आँशुतोष र इशानको उत्कृष्ट प्रदर्शनमा बागमती विजयी

काठमाडौं । आँशुतोष घिरैया र इशान पाण्डको उत्कृष्ट प्रदर्शनप्रेरित बागमतीले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ६४ रनको सहज जित निकालेको छ । 

लगातार तेस्रो जित निकालेको बागमीतले पाँच खेलमा ६ अंक जोडेको छ । लगातार पाँचौं हार ब्यहोरेको केशी अंकविहिन छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शुक्रबार बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले ७६ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे ।

अंकित सुवेदी

यसैगरी कप्तान अंकित सुवेदीले ६५ बलमा चार चौका र दुई छक्काको मद्दतले ५३, आइश भट्टराईले अविजित ३२, सोनु अन्सारीले २१ र हेमन्त राईले १० रन बनाए ।

तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गरे । बागमतीका लागि इशान पाण्डेले आठ ओभरमा ३९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी सूर्य तामाङले दुई रिजन ढकाल र प्रतिश श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७३ रनको योगफल तयार पारेको थियो ।

आँशुतोष घिरैया

बागमतीका लागि आँशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र एक दुई छक्काको मद्दतले सर्वाधिका १ सय १८ रनको योगदान गरे । कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । 

दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरे । अभ्यास तिमिल्सिना तीन, हेमन्त राई र कमल खत्रीले समान दुई तथा फ्रिर्दोश अन्सारीले एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो