चैत्र ८, २०८२ आइतबार | ११:३८:०६
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एलपिएल: घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा

धनगढी । घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा  को समुह ‘सी’ बाट सेमीफाइनल प्रवेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा घोडाघोडीले गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गरेको हो । घोडाघोडीले समूह चरणको तीन वटै खेलमा जित निकाल्यो । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चीमाञ्चाल एकेडेमी पहिलो चरणबाट बाहिरिए छन्।

गरुडाले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

घोडाघोडीका लागि विपिनविक्रम शाहीले ३९ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी  टेक रावतले २५ रन, कृष कार्कीले अविजित १५ तथा निशान्त बूढायरले अविजित १० रन बनाए।

पहिलो विकेटका लागि विपिन र टेकले ९३ रनको साझेदारी गरे । गरुडाका लागि डब्लु मलिकले तीन तथा नितेश यादवले एक  विकेट लिए।

त्ययसअघि टस जितेर रोजेको गरुडा नगरपालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै  १ सय २८ रनको योगफल तयार पारेको थियो ।

गरुडाका लागि डब्लु मलिकले ३५, सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए।

घोडाघोडीका लासग भुपेश जोशीले चार ओभरमा १३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी संजय बोहरा, अशोक धामी र नरेश सुनारले समान एक विकेट लिए।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुलबीचको आजको दोश्रो खेलमा भने लिटल एन्जल्स अनुपस्थित रह्यो। समुह ‘डी’ मा अन्तर्गतको उम्त खेलमा विपक्षी अनुपस्थित भएपछि सत्यवतीलाई विजेता घोषणा गरियो ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो