माघ ९, २०८२ शुक्रबार | १०:२९:२८
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

एलपिएल: घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा

धनगढी । घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा  को समुह ‘सी’ बाट सेमीफाइनल प्रवेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा घोडाघोडीले गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गरेको हो । घोडाघोडीले समूह चरणको तीन वटै खेलमा जित निकाल्यो । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चीमाञ्चाल एकेडेमी पहिलो चरणबाट बाहिरिए छन्।

गरुडाले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

घोडाघोडीका लागि विपिनविक्रम शाहीले ३९ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी  टेक रावतले २५ रन, कृष कार्कीले अविजित १५ तथा निशान्त बूढायरले अविजित १० रन बनाए।

पहिलो विकेटका लागि विपिन र टेकले ९३ रनको साझेदारी गरे । गरुडाका लागि डब्लु मलिकले तीन तथा नितेश यादवले एक  विकेट लिए।

त्ययसअघि टस जितेर रोजेको गरुडा नगरपालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै  १ सय २८ रनको योगफल तयार पारेको थियो ।

गरुडाका लागि डब्लु मलिकले ३५, सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए।

घोडाघोडीका लासग भुपेश जोशीले चार ओभरमा १३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी संजय बोहरा, अशोक धामी र नरेश सुनारले समान एक विकेट लिए।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुलबीचको आजको दोश्रो खेलमा भने लिटल एन्जल्स अनुपस्थित रह्यो। समुह ‘डी’ मा अन्तर्गतको उम्त खेलमा विपक्षी अनुपस्थित भएपछि सत्यवतीलाई विजेता घोषणा गरियो ।  

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate