माघ १८, २०८२ आइतबार | ०१:५५:००
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एलपिएलः युथ अफ टिकापुर सेमिफाइनलमा

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणअन्तर्गत शनिबार सम्पन्न खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।

पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई १६ रनले पराजित गर्दै समूह ‘बी’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । टिकापुरले समूह चरणका तीन वटै खेलमा जित निकल्यो ।

युथ अफ टिकापुरले प्रस्तुत गरेको को ९५ रनको लक्ष्य पछ्याएको कैलालीले निर्धारित ११ ओभरमा कैलालीले सात विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो। 

कैलालीका लागि कप्तान दिपक कपडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए।

युथ अफ टिकापुरका सुमित महर्जनले दुई तथा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले समान एक विकेट लिए। 

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ रोजेको युथ अफ टिकापुरले सात विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । 

टिकापुरका लागि गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। गौतम र प्रकाशले छैठौं विकेटका लागि ५५ रनको साझेदारी गरे।

कैलालीका लागि अभिषेक कुँवर र सुशिल विस्टले समान दुई तथा लोकेन्द्र खनाल र पारस रोकायाले समान एक  विकेट लिए।

दिनको दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।

गरुडाले प्रस्तुत गरेको १सय ७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चल एकेडेमीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ७५ रन मात्र बनायो। 

सुदुरपश्चिमाञ्चल लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले चार, नरेश शाह, रुपेश सिंह र नितेश यादवले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार पारेको थियो ।

  गरुडाको लागि रुपेश सिंहले २९ बलमा समान पाँच चौका र छक्काको मद्दतमा  ६० रन योगदान गरे। यसैगरी निश्चलविक्रमले अविजित ४३ रन बनाए ।

रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे। सुदुरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दिप विस्टले समान दुई तथा प्रकाश जोशी, बिरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले समान एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका तथा दोश्रो खेलमा दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्स प्रतिस्पर्धा गर्नेछन् ।

   


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।