चैत्र १२, २०८२ बिहीबार | ११:५९:१३
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित

एलपिएलः युथ अफ टिकापुर सेमिफाइनलमा

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणअन्तर्गत शनिबार सम्पन्न खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।

पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई १६ रनले पराजित गर्दै समूह ‘बी’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । टिकापुरले समूह चरणका तीन वटै खेलमा जित निकल्यो ।

युथ अफ टिकापुरले प्रस्तुत गरेको को ९५ रनको लक्ष्य पछ्याएको कैलालीले निर्धारित ११ ओभरमा कैलालीले सात विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो। 

कैलालीका लागि कप्तान दिपक कपडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए।

युथ अफ टिकापुरका सुमित महर्जनले दुई तथा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले समान एक विकेट लिए। 

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ रोजेको युथ अफ टिकापुरले सात विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । 

टिकापुरका लागि गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। गौतम र प्रकाशले छैठौं विकेटका लागि ५५ रनको साझेदारी गरे।

कैलालीका लागि अभिषेक कुँवर र सुशिल विस्टले समान दुई तथा लोकेन्द्र खनाल र पारस रोकायाले समान एक  विकेट लिए।

दिनको दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।

गरुडाले प्रस्तुत गरेको १सय ७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चल एकेडेमीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ७५ रन मात्र बनायो। 

सुदुरपश्चिमाञ्चल लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले चार, नरेश शाह, रुपेश सिंह र नितेश यादवले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार पारेको थियो ।

  गरुडाको लागि रुपेश सिंहले २९ बलमा समान पाँच चौका र छक्काको मद्दतमा  ६० रन योगदान गरे। यसैगरी निश्चलविक्रमले अविजित ४३ रन बनाए ।

रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे। सुदुरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दिप विस्टले समान दुई तथा प्रकाश जोशी, बिरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले समान एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका तथा दोश्रो खेलमा दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्स प्रतिस्पर्धा गर्नेछन् ।

   


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो