काठमाडौं । इङ्ल्यान्डविरुद्धको शृखंलाका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेपछि वेस्ट इन्डिजका अनुभवी ब्याटर ड्यारेन ब्राभोले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेका छन्।
३४ वर्षीय ब्राभोले सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गरेका हुन्। सन् २००९ मा भारतविरुद्धको एकदिवसीय खेलमार्फत अन्तर्राष्ट्रिय करिअरको सुरुआत गरेका ब्राभोले आफ्नो करिअरको अन्तिम खेलका रूपमा सन् २०२२ मा भारतविरुद्ध नै एकदवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
१४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करिअरमा ब्राभोले वेस्ट इन्डिजका लागि ५६ टेस्ट, १ सय २२ एकदिवसीय र २६ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेले ।
उनले टेस्टमा टेस्टमा आठ शतक र १७ अर्धशतकसहित ३ हजार ५ सय ३८, एकदिवसीयमा चार शतक र १८ अर्धशतकसहित ३ हजार १ सय ९ र ट्वान्टी २० अन्तर्राष्ट्रियमा रन ४सय ५ बनाएका छन् ।
वेस्ट इन्डिजले ३ डिसेम्बरदेखि घरेलु मैदानमा इङ्ल्यान्डसँग तीन एकदिवसीय र पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।