चैत्र ८, २०८२ आइतबार | ०१:३४:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एकदिवसीय विश्वकपः अस्ट्रेलिया छैटौंपटक च्याम्पियन

काठमाडौं । ओपनर ट्राभिस हेडको शतकप्रेरित घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा २४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य अस्ट्रेलियाले निर्धारित  ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

एकदिवसीय विश्वकप इतिहासमा अस्ट्रेलियाको यो कीर्तिमानी छैटौं उपाधि हो । यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७, २०१५ मा उपाधि जितेको थियो । हारसँगै भारतले २००३ फाइनलमा भोगेको हारको बदला लिन सकेन । २० वर्ष अगाडिको उक्त फाइनलमा अस्ट्रेलियाले भारतविरुद्ध १२५ रनको फराकिलो जित हासिल गरेको थियो ।

आइतबार सम्पन्न फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै मात्र २४० रन बनाएको थियो ।

भारतले १०.२ ओभरमा तीन विकेट गुमाएर ८१ रन जोड्दा शुभमन गील, कप्तान रोहित शर्मा र सेमिफाइनलमा शतक बनाएका श्रयेस ऐयरलाई गुमाएको थियो । रोहितले चार चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाउँदा गील र ऐयरले समान चार रन मात्र जोड्न सके ।

दबाबमा रहेको भारतका लागि त्यसपछि तेस्रो नम्बरमा आएका विराट कोहली र पाचौं नम्बरमा आएका के एल राहुलले पारी सम्हाले । जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले । जारी विश्वकपमा कोहलीको यो ९ औं अर्धशतक थियो । पछि उनी कप्तान प्याट कमिन्सको शिकार बनेका थिए ।

१०७ रनमा एक चौका प्रहार गरेका राहुलले पनि ६६ रनको अर्धशतकीय पारी खेले । राहुल मिचेल स्टार्कको बलमा जोश इङ्लिशबाट क्याच आउट भए । यसबाहेक सुर्यकुमार यादवले १८ रन बनाउँदा कुल्दीप यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अस्ट्रेलियाका लागि स्टार्कले सर्वाधिक ३ विकेट लिए । जश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाको सुरुआत खराब रह्यो । १६ रन छँदा दोस्रो ओभरको पहिलो बलमै अस्ट्रेलियाका ओपनर डेविड वार्नर मोहम्मद शामीको बलमा कोहलीबाट क्याच आउट भएका थिए । चौंथो ओभरको तेस्रो बलमा मिचेल मार्स जसप्रित बुमराहको बलमा राहुलबाट क्याच आउट भए । जतिबेला अस्ट्रेलिया मात्र ४१ रन बनाउन सफल भएको थियो । ६ रनपछि स्टिभ स्मिथ बुमराहकै शिकार बने ।

सुरुआती ३ विकेट गएपछि अस्ट्रेलिया दबाबमा आएको थियो । तर, सेमिफाइनलका प्लेयर अफ दि म्याच’ हेड र मार्नस लाबुसेनले पारी सम्हाल्दा अस्ट्रेलिया सहज जिततर्फ अग्रसर भयो ।

मोहम्मद सिराजको बलमा गीलबाट क्याच आउट हुनुअघि हेडले १२० बलमा १५ चौका र ४ छक्काको मद्धतले १३७ रन बनाइसकेका थिए ।

लाबुसेनले ११० बलमा ४ चौक्काको मद्धतमा ५८ रनको अर्धशतकीय पारी खेले । विजयी रन प्रहार गरेका म्याक्सवेलले एक बलमा दुई रन बनाए ।

प्रतियोगितामा भारतले समूहका सबै खेल जितेको थियो । अस्ट्रेलियाले सुरुआती दुई खेलमा हार ब्यहोरेको थियो । पहिलो खेलमा सेमिफाइनल प्रतिद्धन्द्धी दक्षिण अफ्रिकासँग पराजित अस्ट्रेलियालाई दोस्रो खेलमा भारतले हराएको थियो ।

शतक बनाएका हेड फेरि एक पटक ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उपविजेता भारतका स्टार खेलाडी विराट कोहली प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० खेलमा सर्वाधिक ७६५ रन बनाउँदा एक विकेट र पाँच क्याच लिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो