माघ १७, २०८२ शनिबार | २३:४९:१७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

ट्वान्टी २० श्रृखंलाः नेपाललाई तेस्रो स्थान

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० श्रृंखलामा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो ।

हङकङ क्रिकेट मैदानमा नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७० रन बनाउन सफल रह्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर पुजा महतोले सर्वाधिक ४३ रन बनाइन् । पुजाले ५१ बलमा तीन चौका हिर्काएकी हुन् ।

रोमा थापाले १९ बलमा २२ रन बनाएर रन आउट भइन् । पूर्व कप्तान रुविना क्षेत्री पनि रनआउट हुनुअघि २१ रन बनाउन सफल भइन् । कप्तान इन्दु बर्माले १२ रनको योगदान गरिन् ।

जापानका अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले समान एक विकेट लिन सफल भए ।

जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निशीमुराले ५१ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै अर्का ओपनर हिनासी गोटोले ३४ बलमा १६ रन बनाउँदा अहलिया चन्डेलले ११ रन जोडिन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । नेपालका लागि संगिता राई, इन्दु, सिता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।

समूहको पहिलो दुई खेलमा तान्जानिया र हङकङसँग पराजय ब्यहोरेको नेपालले समूहको अन्तिम खेलमा जापानलाई हराएको थियो । जापान भने सबै खेलमा पराजित भएको थियो ।

आजै हङकङ र तान्जानियाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।