चैत्र १८, २०८२ बुधबार | ०९:२०:५०
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

ट्वान्टी २० श्रृखंलाः नेपाललाई तेस्रो स्थान

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० श्रृंखलामा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो ।

हङकङ क्रिकेट मैदानमा नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७० रन बनाउन सफल रह्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर पुजा महतोले सर्वाधिक ४३ रन बनाइन् । पुजाले ५१ बलमा तीन चौका हिर्काएकी हुन् ।

रोमा थापाले १९ बलमा २२ रन बनाएर रन आउट भइन् । पूर्व कप्तान रुविना क्षेत्री पनि रनआउट हुनुअघि २१ रन बनाउन सफल भइन् । कप्तान इन्दु बर्माले १२ रनको योगदान गरिन् ।

जापानका अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले समान एक विकेट लिन सफल भए ।

जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निशीमुराले ५१ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै अर्का ओपनर हिनासी गोटोले ३४ बलमा १६ रन बनाउँदा अहलिया चन्डेलले ११ रन जोडिन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । नेपालका लागि संगिता राई, इन्दु, सिता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।

समूहको पहिलो दुई खेलमा तान्जानिया र हङकङसँग पराजय ब्यहोरेको नेपालले समूहको अन्तिम खेलमा जापानलाई हराएको थियो । जापान भने सबै खेलमा पराजित भएको थियो ।

आजै हङकङ र तान्जानियाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो