माघ १६, २०८२ शुक्रबार | २१:०१:११
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

विश्वकप फाइनलः दुबै कप्तान भन्छन्, ‘फाइनल पुग्नुमा सबै खेलाडीको योगदान छ’

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप २०२३ फाइनलअघि दुबै कप्तानले फाइनल पुग्नुमा टोलीका प्रत्येक खेलाडीको भूमिका रहेको बताएका छन् ।

फाइनलअघि भारतीय कप्तान रोहित शर्मा र अस्ट्रेलियाका प्याट कमिन्सले टोलीको सफलताको श्रेय एक खेलाडीले नभएर सबैले पाउनुपर्ने प्रतिक्रिया  दिएका हुन् ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा विश्वकप फाइनल हुँदैछ । जसमा दुईपटकको विजेता घरेलु टोली भारतले पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो खेलको अघिल्लो दिन शनिबार दुई कप्तानले फाइनल र फाइनलसम्मको यात्राका बारेमा बोलेका हुन् ।

यस विश्वकपमा भारतका लागि पाँच ब्याटरले ३०० भन्दा बढि रन बनाएका छन् भने पाँच बलरले १० विकेट भन्दा बढि लिएका छन् । उता अस्ट्रेलियाका लागि चार ब्याटर र चार बलरले यो सफलता हासिल गरेका छन् ।

सबै खेलाडीले आफ्नो भूमिका बखुबी निभाएका कारण भारत प्रतियोगितामा अपराजित रहेको रोहित बताउँछन् ।

‘पक्कै पनि यदि तपाईँ शतक बनाउनुहुन्छ वा पाँच विकेट लिनुहुन्छ भने सबैको ध्यान ती खेलहरुमा तपाईँतिर हुन्छ । तर, मलाई के लाग्छ भने जडेजा, कुल्दीप, केएल राहुल र शुभमन गीलले पनि आफ्नो भुमिका राम्ररी निर्वाह गरेका छन् । उनीहरुले गर्दा नै कसैले सय रन बनाएका छन् त कसैले पाँच विकेट लिएका छन्, ’ रोहितले बताए, ‘उनीहरुको योगदान नहुँदो हो त यी कुराहरु सम्भव थिएन । एक खेलाडीले १० ओभर बलिङ गर्छन, ५० ओभर गर्न सक्दैनन् । त्यसैले सबै खेलाडीको उत्तिकै महत्व छ । हामीले सबैलाई सम्मान गर्नुपर्छ ।’

अस्ट्रेलियाको कथा पनि भारतको जस्तै रहेको कमिन्स बताउँछन् । कमिन्स आफैं पनि जारी विश्वकपको एउटा अप्रत्याशित हिरो हुन् । कमिन्सले दुई पटक अस्ट्रेलियालाई हारको मुखबाट बचाएका थिए । एक ग्लेन म्याक्सवेललाई अफगानिस्तानविरुद्ध स्ट्राइक रोटेट गर्दा, अर्को सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध दबाबमा टोलीलाई लिड गर्दा ।

‘सबैले महत्वपूर्ण क्षणहरुमा आफ्नो भूमिका निर्वाह गरेका छन्, ’ कमिन्सको जवाफ थियो, जब उनलाई सोधियो, प्रतियोगितामा अस्ट्रेलियाको सर्वोत्कृष्ट खेलाडी को हो ?

‘ट्राभिस हेडसँग दुई ‘प्लेयर अफ दि म्याच’ अवार्ड छ । डेविड वार्नर उच्च रनकर्ता हुन् । मिचेल मार्सले दुई शतक बनाए । म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध शतक बनाउँदा अफगानिस्तानको मुखबाट जित खोसेका थिए, ’ कमिन्सले भने, ‘एडम जाम्पा उच्च विकेटकर्ता हुन् । त्यसैले कोही एकको नाम लिन अफ्ठ्यारो छ । आफ्नो दिन हुने हो भने सबै खेलाडीसँग म्याच विनर हुने क्षमता छ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।