चैत्र ७, २०८२ शनिबार | २०:३०:२९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विश्वकप फाइनलः दुबै कप्तान भन्छन्, ‘फाइनल पुग्नुमा सबै खेलाडीको योगदान छ’

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप २०२३ फाइनलअघि दुबै कप्तानले फाइनल पुग्नुमा टोलीका प्रत्येक खेलाडीको भूमिका रहेको बताएका छन् ।

फाइनलअघि भारतीय कप्तान रोहित शर्मा र अस्ट्रेलियाका प्याट कमिन्सले टोलीको सफलताको श्रेय एक खेलाडीले नभएर सबैले पाउनुपर्ने प्रतिक्रिया  दिएका हुन् ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा विश्वकप फाइनल हुँदैछ । जसमा दुईपटकको विजेता घरेलु टोली भारतले पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो खेलको अघिल्लो दिन शनिबार दुई कप्तानले फाइनल र फाइनलसम्मको यात्राका बारेमा बोलेका हुन् ।

यस विश्वकपमा भारतका लागि पाँच ब्याटरले ३०० भन्दा बढि रन बनाएका छन् भने पाँच बलरले १० विकेट भन्दा बढि लिएका छन् । उता अस्ट्रेलियाका लागि चार ब्याटर र चार बलरले यो सफलता हासिल गरेका छन् ।

सबै खेलाडीले आफ्नो भूमिका बखुबी निभाएका कारण भारत प्रतियोगितामा अपराजित रहेको रोहित बताउँछन् ।

‘पक्कै पनि यदि तपाईँ शतक बनाउनुहुन्छ वा पाँच विकेट लिनुहुन्छ भने सबैको ध्यान ती खेलहरुमा तपाईँतिर हुन्छ । तर, मलाई के लाग्छ भने जडेजा, कुल्दीप, केएल राहुल र शुभमन गीलले पनि आफ्नो भुमिका राम्ररी निर्वाह गरेका छन् । उनीहरुले गर्दा नै कसैले सय रन बनाएका छन् त कसैले पाँच विकेट लिएका छन्, ’ रोहितले बताए, ‘उनीहरुको योगदान नहुँदो हो त यी कुराहरु सम्भव थिएन । एक खेलाडीले १० ओभर बलिङ गर्छन, ५० ओभर गर्न सक्दैनन् । त्यसैले सबै खेलाडीको उत्तिकै महत्व छ । हामीले सबैलाई सम्मान गर्नुपर्छ ।’

अस्ट्रेलियाको कथा पनि भारतको जस्तै रहेको कमिन्स बताउँछन् । कमिन्स आफैं पनि जारी विश्वकपको एउटा अप्रत्याशित हिरो हुन् । कमिन्सले दुई पटक अस्ट्रेलियालाई हारको मुखबाट बचाएका थिए । एक ग्लेन म्याक्सवेललाई अफगानिस्तानविरुद्ध स्ट्राइक रोटेट गर्दा, अर्को सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध दबाबमा टोलीलाई लिड गर्दा ।

‘सबैले महत्वपूर्ण क्षणहरुमा आफ्नो भूमिका निर्वाह गरेका छन्, ’ कमिन्सको जवाफ थियो, जब उनलाई सोधियो, प्रतियोगितामा अस्ट्रेलियाको सर्वोत्कृष्ट खेलाडी को हो ?

‘ट्राभिस हेडसँग दुई ‘प्लेयर अफ दि म्याच’ अवार्ड छ । डेविड वार्नर उच्च रनकर्ता हुन् । मिचेल मार्सले दुई शतक बनाए । म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध शतक बनाउँदा अफगानिस्तानको मुखबाट जित खोसेका थिए, ’ कमिन्सले भने, ‘एडम जाम्पा उच्च विकेटकर्ता हुन् । त्यसैले कोही एकको नाम लिन अफ्ठ्यारो छ । आफ्नो दिन हुने हो भने सबै खेलाडीसँग म्याच विनर हुने क्षमता छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो