चैत्र १८, २०८२ बुधबार | १०:१०:१३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

न्युजिल्यान्डले दियो पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य

काठमाडौं । रचिन रविन्द्र र कप्तान केन विलियमसनको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानसामू ४ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि रविन्द्रले ९४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे । यसैगरी केन विलियमसनले ७९ बलमा १० चौका र दुई छक्काको मद्दतले ९५, ग्लेन फिलिप्सले ४१, मार्क च्यापम्यानले ३९, डिभोन कोन्वेले ३५, ड्यारिल मिचेलले २९ र मिचेल स्यान्टनरले अविजित २६ रन बनाए ।

रचिनले दोस्रो विकेटका लागि विलियमसनसँग १ सय ८० र पहिलो विकेटका लासिग कोन्वेसँग ६८ तथा चौथो विकेटका लागि मिचेलले च्यापम्यानसँग ५७ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि मोहम्मद वासिमले तीन, हसन अली, इफ्तिखर अहमद र हरिस रौफले समान एक विकेट लिए ।

पाकिस्तान चौथो र न्युजिल्यान्ड पाँचौं जितको लक्ष्यमा छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो