माघ १५, २०८२ बिहीबार | १६:३२:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

ओमानविरुद्धको खेलबाट अर्नाको पुरस्कार ७ लाख ९१ हजार, सबभन्दा धेरै यादवलाई १ लाख ३९ हजार

काठामाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा अर्ना बियरले घोषणा गरेको पुरस्कारअनुसार ओमानविरुद्धको तेस्रो खेलबाट खेलबाट विवेक यादवले सबभन्दा धेरै १ लाख लाख ३९ हजार रुपैयाँ पाउने भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४० रनमा समेटियो ।

डेढ महिनाअघि नेपालले एसिया कप खेल्दा भारतविरुद्धको खेलमा प्रदर्शनका आधारमा खेलाडीलाई झण्डै आठ लाख रुपैयाँ पुरस्कृत गरेको अर्ना बियरले यसपाली पनि प्रतियोगिताअघि नै पुरस्कारको घोषणा गरेको थियो ।

अर्नाले जारी प्रतियोगिताका प्रत्येक खेलमा ब्याटरलाई प्रतिरनको एक हजार, प्रत्येक चौकाको १० हजार, प्रत्येक छक्काको २० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

यसैगरी बलिङमा प्रत्येक डट बलका लागि एक हजार, एक मेडन ओभर फाल्नेलाई १० हजार तथा प्रत्येक विकेट,क्याच र स्ट्याम्पिङको २५ हजार तथा रन आउटको २५ हजार ( दुई जना मिलेर गरेमा समान १२ हजार ५ सय) रुपैयाँका दरले पुरस्कार दिने बताएको थियो ।

यसअघि अर्नाले सिंगापुरविरुद्धको पहिलो खेलबाट ६ लाख ६४ हजार तथा मलेसियाविरुद्धको खेलबाट ८ लाख ४४ हजार रुपैयाँ दिनुपरेको थियो ।

त्यसअनुसार तेस्रो खेलबाट अर्नाले राष्ट्रिय टोलीका ११ खेलाडीलाई कुल सात लाख ९१ हजार रुपैयाँ पुरस्कार दिनुपर्ने भएको छ ।

त्यसअनुसार पाँच छक्कासहित सबैभन्दा धेरै ३९ रन बनाएका यादवले सर्वाधिक १ लाख ३९ हजार रुपैयाँ प्राप्त गरे । 
यसैगरी तीन छक्का र एक चौकासहित सहित २६ रन बनाएका कुशल भुर्तेलले ९६ हजार, एक चौकासहित पाँच रन बनाउँदै दुई क्याच लिएका आफि शेखले ६५ हजार, १२ रन बनाउनुका साथ एक क्याच लिएका कप्तान रोहितकुमार पौडेलले ३७ हजार, एक छक्कासहित १२ रन बनाएका सन्दीप जोराले ३२ हजार  र १० रन बनाएका कुशल मल्लले १० हजार प्राप्त गरे ।

बलिङतर्फ ११ डटबल,एक क्याचसहित दुई विकेट लिएका सोमपाल कामीले सर्वाधिक १ लाख २८ हजार रुपैयाँ प्राप्त गरे । उनले ब्याटिङतर्फ सममन एक चौका र छक्काको मद्दतले १२ रन पनि बनाएका थिए ।

यसैगरी गरी ६ डटबल फाल्दै तीन विकेट लिनुका साथै एक चौका र छक्काको मद्दतले १५ रन बनाएका करण केसीले १ लाख २६ हजार, १२ डटबल, एक क्याचसहित दुई विकेट लिँदै दुई रन बनाएका सन्दीप लामिछानलेले ८९ हजार, १० डटबलसहित १ विकेट लिँदै तीन रन बनाएका गुल्शन झाले ३८ हजार र पाँच डटबल फाल्दै एक विकेट लिनुका साथै एक रन बनाएका अविनाश बोहराले ३१ हजार रुपौयाँ पाए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।