चैत्र १८, २०८२ बुधबार | ०२:०५:०९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य

काठमाडौं । सैयद अजिजको अर्धशतकप्रेरित मलेसियाले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालसामू १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि अजिजले ४९ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । उनलाई १४.४ ओभरमा गुल्शन झाले कुशल भुर्तेलबाट क्याच गराए ।

यसैगरी जुबैदी जुल्किफ्ली २४, विजय उन्नीले अविजित १३ र शार्भिन मुनिएन्डीले १३ रन बनाए । पहिलो विकेटका लागि अजिज र जुल्किफ्लीले ५८ रनको साझेदारी गरेका थिए । यो साझेदारी ५.५ ओभरमा अविनाश बोहराले जल्किफ्लीलाई कुशल मल्लबाट क्याच गराउँदै तोडेका थिए ।

नेपालका लागि अविनाश बोहराले चार तथा सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले समान एक विकेट लिए ।

नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

यता मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने सोचमा छ । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले काठमाडौंमा भाग्य परिक्षा गरिरहेका छन् । प्रतियोगिताबाट शीर्ष दुई टोलीले विश्वकपको टिकट काट्ने छन् ।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । अर्को समूहमा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो