माघ १९, २०८२ सोमबार | ०१:१०:१०
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य

काठमाडौं । सैयद अजिजको अर्धशतकप्रेरित मलेसियाले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालसामू १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि अजिजले ४९ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । उनलाई १४.४ ओभरमा गुल्शन झाले कुशल भुर्तेलबाट क्याच गराए ।

यसैगरी जुबैदी जुल्किफ्ली २४, विजय उन्नीले अविजित १३ र शार्भिन मुनिएन्डीले १३ रन बनाए । पहिलो विकेटका लागि अजिज र जुल्किफ्लीले ५८ रनको साझेदारी गरेका थिए । यो साझेदारी ५.५ ओभरमा अविनाश बोहराले जल्किफ्लीलाई कुशल मल्लबाट क्याच गराउँदै तोडेका थिए ।

नेपालका लागि अविनाश बोहराले चार तथा सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले समान एक विकेट लिए ।

नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

यता मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने सोचमा छ । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले काठमाडौंमा भाग्य परिक्षा गरिरहेका छन् । प्रतियोगिताबाट शीर्ष दुई टोलीले विश्वकपको टिकट काट्ने छन् ।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । अर्को समूहमा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।