माघ १८, २०८२ आइतबार | १६:११:४३
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं । पाकिस्तानलाई ६२ रनले स्तब्ध बनाउँदै अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले चार खेलमा चार अंक जोडेको छ । दोस्रो पराजय व्यहोरेको पाकिस्तानको पनि समान खेलबाट चार अंक नै छ ।

बेङ्लोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा शुक्रबार अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा समेटियो ।

पाकिस्तानका लागि इमान उल हकले ७१ बलमा १० चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिकले ६१ बलमा सात चौका र दुई छक्काको मद्दतले ६४, मोहम्मद रिजवानले ४६, साउद शकिलले ३०, इफ्तिखर अहमदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र शहिन शाह अफ्रिदीले १० रन जोडे ।

पहिलो विकेटका लागि उल हक र शाफिकले १ सय ३४ तथा चौथो विकेटका लागि रिजवान र शकिलले ५७ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, कप्तान प्याट कमिन्स र मार्कुस स्टोइनिसले समान दुई तथा मिचेल स्टार्च र जोश हेजलउडले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ६७ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र नौ छक्काको मद्दतले सर्वाधिक १ सय ६३ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले १ सय ८ बलमा १० चौका र नौ छक्काको मद्दतले १ सय २१, मार्कुस स्टोइनिसले २१ र जोश इङ्लिसले १३ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र मार्शले २ सय ४९ रनको सानदार साझेदारी गरे ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले १० ओरभमा एक मेडनसहित ५४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी हरिस रौफले तीन र उस्मान मिरले एक विकेट हात पारे ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।