चैत्र १३, २०८२ शुक्रबार | ०८:१९:२५
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं । पाकिस्तानलाई ६२ रनले स्तब्ध बनाउँदै अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले चार खेलमा चार अंक जोडेको छ । दोस्रो पराजय व्यहोरेको पाकिस्तानको पनि समान खेलबाट चार अंक नै छ ।

बेङ्लोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा शुक्रबार अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा समेटियो ।

पाकिस्तानका लागि इमान उल हकले ७१ बलमा १० चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिकले ६१ बलमा सात चौका र दुई छक्काको मद्दतले ६४, मोहम्मद रिजवानले ४६, साउद शकिलले ३०, इफ्तिखर अहमदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र शहिन शाह अफ्रिदीले १० रन जोडे ।

पहिलो विकेटका लागि उल हक र शाफिकले १ सय ३४ तथा चौथो विकेटका लागि रिजवान र शकिलले ५७ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, कप्तान प्याट कमिन्स र मार्कुस स्टोइनिसले समान दुई तथा मिचेल स्टार्च र जोश हेजलउडले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ६७ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र नौ छक्काको मद्दतले सर्वाधिक १ सय ६३ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले १ सय ८ बलमा १० चौका र नौ छक्काको मद्दतले १ सय २१, मार्कुस स्टोइनिसले २१ र जोश इङ्लिसले १३ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र मार्शले २ सय ४९ रनको सानदार साझेदारी गरे ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले १० ओरभमा एक मेडनसहित ५४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी हरिस रौफले तीन र उस्मान मिरले एक विकेट हात पारे ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो