माघ १७, २०८२ शनिबार | १७:३०:४०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एकदिवसीय विश्वकपः न्युजिल्यान्डको विजयी यात्रा जारी

काठमाडौं । बंगलादेशलाई ८ विकेटले स्तब्ध बनाउँदै न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै समान खेलबाट २ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा शुक्रबार बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्यान्डले ४२.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अजिवित रहँदै सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।  डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

विलियमसनले तेस्रो विकेटका लागि मिचेलसँग अविजित १ सय ८ तथा दोस्रो विकेटका लागि कोन्वेसँग ९० रनको साझेदारी गरे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान साकिब अल हसनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले ७५ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान साकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन  अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए ।

पाँचौं विकेटका लागि मुस्फिकर र साकिबले ९६ रनको साझेदारी गरे ।

न्युजिल्यान्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।

यसअघि न्युजिल्यन्डले इङ्ल्यान्डलाई ९ विकेट तथा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको थियो । अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको बंगलादेश इङ्ल्यान्डसँग १ सय ३७ रनले स्तब्ध बनेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।