चैत्र १८, २०८२ बुधबार | ११:११:२९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एकदिवसीय विश्वकपः न्युजिल्यान्डको विजयी यात्रा जारी

काठमाडौं । बंगलादेशलाई ८ विकेटले स्तब्ध बनाउँदै न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै समान खेलबाट २ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा शुक्रबार बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्यान्डले ४२.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अजिवित रहँदै सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।  डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

विलियमसनले तेस्रो विकेटका लागि मिचेलसँग अविजित १ सय ८ तथा दोस्रो विकेटका लागि कोन्वेसँग ९० रनको साझेदारी गरे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान साकिब अल हसनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले ७५ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान साकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन  अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए ।

पाँचौं विकेटका लागि मुस्फिकर र साकिबले ९६ रनको साझेदारी गरे ।

न्युजिल्यान्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।

यसअघि न्युजिल्यन्डले इङ्ल्यान्डलाई ९ विकेट तथा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको थियो । अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको बंगलादेश इङ्ल्यान्डसँग १ सय ३७ रनले स्तब्ध बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो