माघ १५, २०८२ बिहीबार | १३:१२:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एपेक्स कप क्रिकेटः पाटन क्याम्पस क्वार्टरफाइनलमा

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा सोमबार काठमाडौं स्कुल अफ ल (केएसएल) लाई ५ विकेटले पराजित गर्दै पाटन मल्टिपल क्याम्पसले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको पाटन समूह ‘सी’ को शीर्ष स्थानमा रह्यो । दोस्रो पराजय व्यहोरेको केएसएल २ अंकका साथ पुछारमा रहँदै बाहिरियाे ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) केएसएलले प्रस्तुत गरेको ५८ रनको लक्ष्य पाटनले ९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । पाटनका लागि विकाश पन्थीले २५ र विशाल पाण्डेले १२ रन बनाए ।

केएसएलका लागि विमल आचार्यले २ तथा कल्याण पराजुली र अविरल पौडेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केएसएलले १२ ओभरमा सबै विकेट गुमाउँदै ५७ रनको योगफल तयार पारेको थियो ।

केएसएलका लागि विमल आचार्यले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाटनका लागि निर्मल लुईँटेलले ३ तथा प्रज्जोवल श्रेष्ठ र नितिन पाण्डेले समान २ विकेट लिए ।

यस नितजासँगै यो समूहबाट रत्न राज्यलक्ष्मी कलेज (आरआर) ले पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

सोमबार नै तय भएको ब्लुबर्ड र शिक्षान्तर कलेजबीचको खेल वर्षाका करण स्थगित भएको छ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।