चैत्र १४, २०८२ शनिबार | १७:१७:२०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

तेस्रो एकदिवसीयमा न्युजिल्यान्ड विजयी

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्ड डकवर्थ लुइस पद्धतिका आधारमा ६ विकेटले विजयी भएको छ ।

जितका बाबजुत न्युजिल्यान्डले ३ खेलको शृंखला २-१ गुमायो । यसअघि दक्षिण अफ्रिका ४ र ७ विकेटले विजयी भएको थियो ।

किंग्समेड रंगशालामा आइतबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य न्युजिल्यान्डले  ४३.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि एमिलिया केरले १ सय १७ बलमा १३ चौकाको मद्दतले अविजित १ सय रनको योगदान गरिन् । यसैगरी ब्रुकी हलीडेले अविजित ३७ र कप्तान सोफी डेभिनले ३० रन बनाए ।

दोस्रो विकेटका लागि केर र डेभिनले ६४ रनको साझेदारी गरे ।  

दक्षिण अफ्रिका लागि ननकुलुलेको मलाबाले २ तथा मसाबता क्लास र क्लो ट्रियोनले २ समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रनको योगफल तयार परेको थियो । वर्षाका करण खेललाई ४५ ओभरमा झारिएको थियो ।

दक्षिण अफ्रिकाका लागि म्यारिजेन कापले ७३ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरिन् । यसैगरी क्लो ट्रियोनले २५, कप्तान लोरा उल्भर्ड्टले २४, सिनालो जाफ्टाले १८, ताज्मिन ब्रिट्सले १२ र मसाबता क्लासले १० रन बनाए ।

न्युजिल्यान्डका लागि ली ताहुहु र सोफी डेभिनले समान ३, एमिलिया केरले २ तथा हाना रोवी र फरान जोन्सले समान १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो