चैत्र १२, २०८२ बिहीबार | ०४:१०:१८
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

एपेक्स कप क्रिकेटः काठमाडौं विश्वविद्यालय क्वार्टरफाइनलमा

केसिएमआइटीको टोली

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा शनिबार थमेस कलेजमाथि ८ विकेटको सहज जित निकाल्दै काठमाडौं विश्वविद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै ४ अंक जोडेको काठमाडौं समूह ‘डी’ को शीर्ष स्थानमा छ । लगातार तेस्रो पराजयसँग पुछारमा रहेको थमेस भने बाहिरिएको छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा थमेसले प्रस्तुत गरेको ६१ रनको लक्ष्य काठमाडौंले ८ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । काठमाडौंका लागि सुशान्त पौडेलले अविजित २१ र रोहित सापकोटाले १० रन बनाए ।

थमेसका लागि सारस खत्री र विनय मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थमेसले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो । थमेसका लागि श्रृजन भण्डारीले १६, सारस खत्रीले १२ र रोशन पुनले ११ रन बनाए ।

काठमाडौंका लागि शास्वत पौडेलले ३.४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । यसैगरी शितल न्यौपानेले ३ र सार्थक न्यौपानेले १ विकेट हात पारे ।

शनिबार नै सम्पन्न खेलमा केसिएमआइटीले लिभरपुर इन्टरनेसनल कलेजमाथि २१ रनको जित निकाल्यो ।

जितसँगै २ खेलमा ४ अंक जोडेको केसिएमआइटी समूह ‘बी’ को शीर्ष स्थानमा छ । पहिलो पराजय व्यहोरेको लिभरपुल समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा छ ।

केसिएमआइटीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पछ्याएको लिभरपुल १९.१ ओभरमा १ सय ११ रनमा समेटियो ।

लिभरपुलका लागि अभिषेक यादवले ३१ र अजय राजवंशीले १७ रन बनाए ।

केसिएमआइटीका लागि निजम कुँवरले ३ तथा मोहम्मद अब्दुला नुर र अमृतराज कार्कीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याङिको निम्तो पाएको केसिएमआइटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

केसिएमआइटीका लागि विशाल कुँवरले ३८, सुवास सापकोटाले २६ र अमितकुमार मारबाइताले २३ रन जोडे ।

लिभरपुलका लागि छुनछुनबाबु यादवले ३, सौरभ अय्यर र अभिषेक यादवले समान १ विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो