माघ १६, २०८२ शुक्रबार | १६:४२:५१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एपेक्स कप क्रिकेटः काठमाडौं विश्वविद्यालय क्वार्टरफाइनलमा

केसिएमआइटीको टोली

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा शनिबार थमेस कलेजमाथि ८ विकेटको सहज जित निकाल्दै काठमाडौं विश्वविद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै ४ अंक जोडेको काठमाडौं समूह ‘डी’ को शीर्ष स्थानमा छ । लगातार तेस्रो पराजयसँग पुछारमा रहेको थमेस भने बाहिरिएको छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा थमेसले प्रस्तुत गरेको ६१ रनको लक्ष्य काठमाडौंले ८ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । काठमाडौंका लागि सुशान्त पौडेलले अविजित २१ र रोहित सापकोटाले १० रन बनाए ।

थमेसका लागि सारस खत्री र विनय मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थमेसले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो । थमेसका लागि श्रृजन भण्डारीले १६, सारस खत्रीले १२ र रोशन पुनले ११ रन बनाए ।

काठमाडौंका लागि शास्वत पौडेलले ३.४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । यसैगरी शितल न्यौपानेले ३ र सार्थक न्यौपानेले १ विकेट हात पारे ।

शनिबार नै सम्पन्न खेलमा केसिएमआइटीले लिभरपुर इन्टरनेसनल कलेजमाथि २१ रनको जित निकाल्यो ।

जितसँगै २ खेलमा ४ अंक जोडेको केसिएमआइटी समूह ‘बी’ को शीर्ष स्थानमा छ । पहिलो पराजय व्यहोरेको लिभरपुल समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा छ ।

केसिएमआइटीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पछ्याएको लिभरपुल १९.१ ओभरमा १ सय ११ रनमा समेटियो ।

लिभरपुलका लागि अभिषेक यादवले ३१ र अजय राजवंशीले १७ रन बनाए ।

केसिएमआइटीका लागि निजम कुँवरले ३ तथा मोहम्मद अब्दुला नुर र अमृतराज कार्कीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याङिको निम्तो पाएको केसिएमआइटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

केसिएमआइटीका लागि विशाल कुँवरले ३८, सुवास सापकोटाले २६ र अमितकुमार मारबाइताले २३ रन जोडे ।

लिभरपुलका लागि छुनछुनबाबु यादवले ३, सौरभ अय्यर र अभिषेक यादवले समान १ विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।