माघ १७, २०८२ शनिबार | २०:५५:१४
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

दक्षिण अफ्रिकालाई शृंखला

काठमाडौं । न्युजिल्यान्डविरुद्ध दोस्रो खेलमा ७ विकेटको सहज जित निकाल्दै घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको थियो ।

सिटी ओभल क्रिकेट रंगशालामा बिहीबार न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लोरा उल्भर्ड्टले १ सय ४१ बलमा १५ चौकाको मद्दतले अविजित १ सय २४ रनको योगदान गरिन् । यसैगरी सुने लुसले ५७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५३, म्यारिजेन कापले अविजित ४५ र ताज्मिन ब्रिट्सले  १५ रन जोडे ।

उल्भर्ड्टले चौथौ विकेटका लागि कापसँग अविजित १ सय १६ तथा तेस्रो विकेटका लागि लुससँग ९८ रनको साझेदार गरिन् ।

न्युजिल्यान्डका लागि लि ताहुहुले २ र हाना रोवीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि एमिलिया केरले १ सय १० बलमा १४ चौकाको मद्दतले सर्वाधिक ८८ रनको योगदान गरिन् । यसैगरी म्याडी ग्रिनले ४३, हाना रोवीले ४०, लि ताहुहुले अविजित २३, सुजी बेट्सले १४ र कप्तान सोफी डेभिनले १२ रन बनाए ।

तेस्रो विकेटका लागि केर र ग्रिनले ९२ रनको साझेदारी गरे ।  

दक्षिण अफ्रिका लागि ननकुलुलेको मलाबा र नादिनी डि क्लार्कले समान ३, मसाबता क्लासले २ तथा अयाबोन्गा खाका र म्यारिजेन कापले समान १ विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।