चैत्र ९, २०८२ सोमबार | ०३:०५:२१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

दक्षिण अफ्रिकालाई शृंखला

काठमाडौं । न्युजिल्यान्डविरुद्ध दोस्रो खेलमा ७ विकेटको सहज जित निकाल्दै घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको थियो ।

सिटी ओभल क्रिकेट रंगशालामा बिहीबार न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लोरा उल्भर्ड्टले १ सय ४१ बलमा १५ चौकाको मद्दतले अविजित १ सय २४ रनको योगदान गरिन् । यसैगरी सुने लुसले ५७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५३, म्यारिजेन कापले अविजित ४५ र ताज्मिन ब्रिट्सले  १५ रन जोडे ।

उल्भर्ड्टले चौथौ विकेटका लागि कापसँग अविजित १ सय १६ तथा तेस्रो विकेटका लागि लुससँग ९८ रनको साझेदार गरिन् ।

न्युजिल्यान्डका लागि लि ताहुहुले २ र हाना रोवीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि एमिलिया केरले १ सय १० बलमा १४ चौकाको मद्दतले सर्वाधिक ८८ रनको योगदान गरिन् । यसैगरी म्याडी ग्रिनले ४३, हाना रोवीले ४०, लि ताहुहुले अविजित २३, सुजी बेट्सले १४ र कप्तान सोफी डेभिनले १२ रन बनाए ।

तेस्रो विकेटका लागि केर र ग्रिनले ९२ रनको साझेदारी गरे ।  

दक्षिण अफ्रिका लागि ननकुलुलेको मलाबा र नादिनी डि क्लार्कले समान ३, मसाबता क्लासले २ तथा अयाबोन्गा खाका र म्यारिजेन कापले समान १ विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो