माघ १८, २०८२ आइतबार | २३:१९:५१
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

तेस्रो एकदिवसीयमा अस्ट्रेलिया विजयी

काठमाडौं । अस्ट्रेलियाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई ६६ रनले हराएको छ ।यससँगै ३ खेलको शृंखलामा भारत २-१ ले विजयी भयो ।  

सैराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा समेटियो । भारतका लागि कप्तान रोहित शर्माले ५७ बलमा ६ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८१ रन बनाए ।

यसैगरी विराट कोहलीले ६१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५६, श्रेयश अय्यरले ४८, रविन्द्र जडेजाले ३५, केएल राहुलले २६ र वासिन्टन सुन्दरले १८ रन जोडे ।

रोहितले पहिलो विकेटका लागि वासिन्टनसँग ७४ र दोस्रो विकेटका लागि विराटसँग ७० तथा चौथो विकेटका लागि श्रेयश र केएलले ५२ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४, जोश हेजलउडले २ तथा मिचेल स्टार्क, प्याट कमिन्स, क्यामरुन ग्रिन र तनविर संघाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि  मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्काको मद्दतमा सर्वाधिक ९६ रनको योगदान गरे ।

यसैगरी स्टिभ स्मिथले ६१ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७४, मार्नस लाबुसेनले ५८ बलमा ९ चौकाको मद्दतमा ७२ डेविड वार्नरले ३४ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५६ र एलेक्स केरीले ११ रन बनाए ।

 मार्शले पहिलो विकेटका लागि वार्नरसँग ७८ तथा दोस्रो विकेटका लागि स्मिथसँग १ सय ३७ रनको साझेदारी गरेका थिए ।

भारतका तीव्र गतिका लागि बलर जसप्रित बुमराहले ३,  कुलदीप यादवले २ र मोहम्मद सिराज र प्रशिद्ध कृष्णाले समान १ विकेट लिए ।

भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।