चैत्र १४, २०८२ शनिबार | ०७:१३:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

तेस्रो एकदिवसीयमा अस्ट्रेलिया विजयी

काठमाडौं । अस्ट्रेलियाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई ६६ रनले हराएको छ ।यससँगै ३ खेलको शृंखलामा भारत २-१ ले विजयी भयो ।  

सैराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा समेटियो । भारतका लागि कप्तान रोहित शर्माले ५७ बलमा ६ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८१ रन बनाए ।

यसैगरी विराट कोहलीले ६१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५६, श्रेयश अय्यरले ४८, रविन्द्र जडेजाले ३५, केएल राहुलले २६ र वासिन्टन सुन्दरले १८ रन जोडे ।

रोहितले पहिलो विकेटका लागि वासिन्टनसँग ७४ र दोस्रो विकेटका लागि विराटसँग ७० तथा चौथो विकेटका लागि श्रेयश र केएलले ५२ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४, जोश हेजलउडले २ तथा मिचेल स्टार्क, प्याट कमिन्स, क्यामरुन ग्रिन र तनविर संघाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि  मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्काको मद्दतमा सर्वाधिक ९६ रनको योगदान गरे ।

यसैगरी स्टिभ स्मिथले ६१ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७४, मार्नस लाबुसेनले ५८ बलमा ९ चौकाको मद्दतमा ७२ डेविड वार्नरले ३४ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५६ र एलेक्स केरीले ११ रन बनाए ।

 मार्शले पहिलो विकेटका लागि वार्नरसँग ७८ तथा दोस्रो विकेटका लागि स्मिथसँग १ सय ३७ रनको साझेदारी गरेका थिए ।

भारतका तीव्र गतिका लागि बलर जसप्रित बुमराहले ३,  कुलदीप यादवले २ र मोहम्मद सिराज र प्रशिद्ध कृष्णाले समान १ विकेट लिए ।

भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो