माघ १८, २०८२ आइतबार | ०२:५१:५६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

नेपालले युएई र हङकङसँग त्रिकोणात्मक शृंखला खेल्ने

फाइल तस्बिर

काठमाडौं । नेपालले आगमी महिना हुने आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटअघि त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखला आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमितिको पहिलो बोर्ड बैठकले मंगलबार उक्त निर्णय गरेको हो ।

नेपाल, युएई र हङकङसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला असोज ३० देखी कार्तिक ९ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट तथा मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।

शृंखलामा सबै टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल टियु क्रिकेट मैदानमा हुनेछ । अन्य सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले तेस्रो पटक ट्वान्टी-२०  अन्तर्राष्ट्रिय  त्रिकोणात्मक शृंखला आयोजना गर्न लागेको हो । यसअघि २०२१ मा नेपाल, मलेसिया र नेदरल्यान्ड्स तथा सन् २०२२ मा नेपाल, मलेसिया र पपुवा न्युगिनीसम्मिलित शृंखला आयोजना गरेको थियो । यसअघिका दुवै शृंखला नेपालले आफ्नो पक्षमा पारेको थियो ।

आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र  त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया तथा समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए को विजेता टोली हुनेछ ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनलमा पुग्न टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने ट्वान्टी-२० विश्वकप खेल्न पाउनेछन् ।

एसिया क्षेत्र छनोट ‘ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।

 यस्ता छन् बैकका निर्णयहरु:


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।