चैत्र १३, २०८२ शुक्रबार | ०२:०१:५५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भारतलाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली भारतले अस्ट्रेलियाविरुद्धको एकदवसीय अन्तर्राष्ट्रिय शृंखला १ खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

भारतले आइतबार सम्पन्न दोस्रो खेलमा डकवर्थ लुइस पद्धतिको आधारमा ९९ रनको जित निकालेको हो । जितसँगै भारत तीन खेलको शृंखलामा २-० को अग्रता लियो ।

इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा ३ सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २८.२ ओभरमा  सबै विकेट गुमायो २ सय १७ रन मात्र बनाउन सक्यो । वर्षा बाधक बन्दा अस्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका शेन एबोटले ३६ बलमा ४ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ५४ रन बनाए । यसैगरी डेविड वार्नर ३९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५३, मार्नस लाबुसेनले २७, जोश हेजलउडले २३, क्यामरुन ग्रिनले १९ र एलेक्स केरीले १४ रन जोडे ।

तेस्रो विकेटका लागि वार्नर र लाबुसेनले ८० रनको साझेदारी गरे ।

भारतका लागि रविन्द्र जडेजाले र रविचन्द्रन आश्विनले समान ३, प्रशिद्ध कृष्णाले २ र मोहम्मद सामीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रनको योगफल तयार पारेको थियो ।

भारतका लासग श्रेयश अय्यरले ९० बलमा ११ चौका र ३ छक्काको मद्दतले १ सय ५ रनको तथा शुभमन गिलले ९७ बलमा ६ चौका र चार छक्काको मद्दतले १ सय ४ रनको योगदान गरे ।

यसैगरी सूर्यकुमार यादवले ३७ बलमा समान ६ चौका र छक्काको मद्दतले अविजित ७२,कप्तान केएल राहुलले ३८ बलमा समान ३ चौका र छक्काको मद्दतले ५२, इशान किसनले ३१ र रवीन्द्र जडेजाले अविजित १३ रन बनाए ।

दोस्रो विकेटका लागि अय्यर र गिलले २ सय तथा रहुलले चौथो विकेटका लागि किसनसँग ५९ पाँचौं विकेटका लागि यादवसँग ५३ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले २ तथा जोश हेजलउड, सेन एबोट र एडम जाम्पाले समान १ विकेट लिए ।

पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो