चैत्र ११, २०८२ बुधबार | २०:२८:४२
एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप

क्यानको अध्यक्षमा चन्दकै निरन्तरता, सचिवमा पारस

क्यानको नयाँ कार्यसमिति

काठमाडौं । शुक्रबार सुरु भएर शनिबार सकिएको नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधाराणसभाले आगामी चार वर्षे कार्यकालका लागि चतुरबहादुर चन्दकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ  ।

अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत चयन भए । उम्मेदवारी मनोनयमा कुनै दाबी नपरेपछि चन्द लगातार दोस्रो पटकको लागि निर्वाचित भएका हुन् । समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए ।  

यसैगरी उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्ष पदम खड्काले पनि कसैसँग प्रतिस्पर्धा गर्नु परेन ।

सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भए । उनले क्यानका पूर्वसदस्य प्रशान्तविक्रम मल्ललाई पराजित गरका हुन् । खसेको ८५ मध्ये पारसले ४८ मत प्राप्त गर्दा प्रशान्तले ३७ मत पाए ।

खुल्ला सदस्यमा धिरेन्द्र साउद (५९), दुर्गाराज पाठक(५४) आयुस श्रेष्ठ (५१), विरेन्द्र चन्द (३४) र करन महत्रा (२६ गोलाप्रथाबाट) विजयी भएका छन् । महत्रा र ऋषीराम गौतमको समान मत आएपछि गोलाप्रथाबाट विजेता चुनिएको हो ।

कृष्णप्रसाद श्रेष्ठ (२५), प्रकाश पौडेल( २३), सुनिल कार्की (२०), सुनिल हमाल (१८) नरेश राणा (१४), कैलाश विष्ट(१३) र प्रकाश गैरे (७) मत का साथ सदस्यमा पराजित भए ।

महिला सदस्यमा दार्चुलाकी जयन्ती देवी भट्ट पनि सर्वसम्मत भइन् । 

प्रदेश सदस्यतर्फ कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैंया निर्विरोध चयन भएका छन् । कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी सुनिल पौडेलले ३४ मत प्राप्त गरे । 

मधेशमा भने माधव कर्माचार्य भाग्मानी साबित भए । प्रतिस्पर्धी मोहम्मद अन्सारीले पनि समान ४२ नै प्राप्त गरेपछि गोलाप्रथाको अधारमा कर्माचार्य विजयी भएका हुन् ।

बागमतीमा सुदीप पियालाई हराउँदै दिवाकर घले विजयी भए । घलेले ४६ र पियाले ३६ मत प्राप्त गरे ।

गण्डकीमा सुदीप पौडेल ५२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत पाए । यसैगरी सुदूरपश्चिममा हरि रेग्मीलाई पछि पार्दै  विक्रम विष्ट विजयी भए । विष्टले ४९ रेग्मीले ३१ मत पाए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो