माघ १८, २०८२ आइतबार | २३:०५:०३
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

क्यानको अध्यक्षमा चन्दकै निरन्तरता, सचिवमा पारस

क्यानको नयाँ कार्यसमिति

काठमाडौं । शुक्रबार सुरु भएर शनिबार सकिएको नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधाराणसभाले आगामी चार वर्षे कार्यकालका लागि चतुरबहादुर चन्दकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ  ।

अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत चयन भए । उम्मेदवारी मनोनयमा कुनै दाबी नपरेपछि चन्द लगातार दोस्रो पटकको लागि निर्वाचित भएका हुन् । समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए ।  

यसैगरी उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्ष पदम खड्काले पनि कसैसँग प्रतिस्पर्धा गर्नु परेन ।

सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भए । उनले क्यानका पूर्वसदस्य प्रशान्तविक्रम मल्ललाई पराजित गरका हुन् । खसेको ८५ मध्ये पारसले ४८ मत प्राप्त गर्दा प्रशान्तले ३७ मत पाए ।

खुल्ला सदस्यमा धिरेन्द्र साउद (५९), दुर्गाराज पाठक(५४) आयुस श्रेष्ठ (५१), विरेन्द्र चन्द (३४) र करन महत्रा (२६ गोलाप्रथाबाट) विजयी भएका छन् । महत्रा र ऋषीराम गौतमको समान मत आएपछि गोलाप्रथाबाट विजेता चुनिएको हो ।

कृष्णप्रसाद श्रेष्ठ (२५), प्रकाश पौडेल( २३), सुनिल कार्की (२०), सुनिल हमाल (१८) नरेश राणा (१४), कैलाश विष्ट(१३) र प्रकाश गैरे (७) मत का साथ सदस्यमा पराजित भए ।

महिला सदस्यमा दार्चुलाकी जयन्ती देवी भट्ट पनि सर्वसम्मत भइन् । 

प्रदेश सदस्यतर्फ कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैंया निर्विरोध चयन भएका छन् । कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी सुनिल पौडेलले ३४ मत प्राप्त गरे । 

मधेशमा भने माधव कर्माचार्य भाग्मानी साबित भए । प्रतिस्पर्धी मोहम्मद अन्सारीले पनि समान ४२ नै प्राप्त गरेपछि गोलाप्रथाको अधारमा कर्माचार्य विजयी भएका हुन् ।

बागमतीमा सुदीप पियालाई हराउँदै दिवाकर घले विजयी भए । घलेले ४६ र पियाले ३६ मत प्राप्त गरे ।

गण्डकीमा सुदीप पौडेल ५२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत पाए । यसैगरी सुदूरपश्चिममा हरि रेग्मीलाई पछि पार्दै  विक्रम विष्ट विजयी भए । विष्टले ४९ रेग्मीले ३१ मत पाए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।