चैत्र ९, २०८२ सोमबार | ०८:५८:४३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

क्यानको सचिवमा पूर्वकप्तान पारस विजयी

क्यान निर्वाचनमा मत हाल्दै पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानपारस खड्का विजयी भएका छन् । 

शनिबार बानेश्वर भएको निर्वाचनमा पारसले पूर्वसदस्य प्रशान्तविक्रम मल्ललाई पराजित गरेका हुन् । पारसले आवश्यक ४३ मत प्राप्त गरेका छन् । ७५ मत गन्दा मल्लले ३२ मत पाए । 

अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत भएका छन् । उम्मेदवारी मनोनयमा कुनै दाबी नपरेपछि चन्द लगातार दोस्रो पटकको लागि निर्वाचित भएका हुन् । समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए ।  

यसैगरी उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्ष पदम खड्का सर्वसम्मत भएका छन् । सचिवमा पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दुई दाबी परेपछि चुनाव हुने पक्का भएको हो ।

चन्द खड्कालाई साथमा राख्दै आगामी चार वर्ष सफल बनाउन चाहन्छन् । तर, मल्ल समेत पछिल्लो चार वर्ष चन्दको साथमै थिए ।

यसअघि चन्दलाई बर्दिया जिल्लाका विनयराज भण्डारीले चुनौती दिने घोषणा गरेका थिए । तर, भण्डारीले अन्तिममा नाम फिर्ता लिएका हुन् ।

यसैगरी सदस्यमा कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैंया सर्वसम्मत भएका छन् । महिला सदस्य दार्चुलाकी जयन्ती देवी भट्ट पनि सर्वसम्मत भइन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो