चैत्र १३, २०८२ शुक्रबार | १०:३५:२०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

चन्द पुनः क्यानको अध्यक्ष, सचिव र सदस्यको लागि निर्वाचन हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत भएका छन् । शुक्रबार बानेश्वर चलिरहेको उम्मेदवारी मनोनयमा कुनै दाबी नपरेपछि चन्द लगातार दोस्रो पटकको लागि निर्वाचित भएका हुन् । समग्रमा चन्द तेस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यसैगरी उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्ष पदम खड्का सर्वसम्मत भएका छन् । सचिवमा पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दुई दाबी परेपछि चुनाव हुने पक्का भएको हो ।

चन्द खड्कालाई साथमा राख्दै आगामी चार वर्ष सफल बनाउन चाहन्छन् । तर, मल्ल समेत पछिल्लो चार वर्ष चन्दको साथमै थिए । त्यसैले सचिव भिडन्त रोचक हुने भएको छ । निर्णायकमा चन्द छन् ।

यसअघि चन्दलाई बर्दिया जिल्लाका विनयराज भण्डारीले चुनौती दिने घोषणा गरेका थिए । तर, भण्डारीले अन्तिममा नाम फिर्ता लिएका हुन् ।

यसैगरी सदस्यमा कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैंया सर्वसम्मत भएका छन् । महिला सदस्य दार्चुलाका जयन्ती देवी भट्ट पनि सर्वसम्मत भइन् ।

खुल्ला सदस्यतर्फ ५ सिटका लागि १३ जनाबीच प्रतिस्पर्धा हुँदैछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो