चैत्र ६, २०८२ शुक्रबार | १२:३८:०८
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

साधारणसभाबाट गलहत्याइएपछि लाक्पाले रुँदैं भने,‘यो भ्रष्ट नेतृत्व हो, यसले क्रिकेटको विकास गर्दैन’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभामा झापा जिल्लाको प्रतिनिधि विवादका कारण पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा रुँदै हलबाट निकालिन बाध्य भए ।

शुक्रबार राजधानीमा सुरु भएको केन्द्रिय साधारणसभाका लागि झापा जिल्लाबाट दुई जनाको नाममा फरक पत्र प्राप्त भएपछि विवाद सुरु भएको थियो । झापाबाट दुई पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाल र लाक्पा लामाको नाममा प्रतिनिधित्व गर्ने गरि पत्र प्राप्त भएका थिए ।

निर्वाचन समिति र क्यानको केन्द्रिय समितिको नेतृत्वले दुवै प्रतिनिधिसँग बसेर सहमतीको प्रयास गरे पनि सफल हुन सकेको थिएन । झापा जिल्लाबाट प्रतिनिधित्वका लागि भएको निर्वाचनमा कटुवालले १३ मतसहित लामामाथि जित हासिल गरेका थिए ।

तर, जिल्लाबाट क्यानको समयसिमा नाघिसकेपछि कटुवालको ठाउँमा लामाको नाम प्रतिनिधिका रुपमा राखेर क्यानमा पत्राचार भएको थियो । कटुवालले आफू निर्वाचनमा विजयी भएकाले आफै आधिकारिक प्रतिनिधि भएको दाबी गरे भने लामाले जिल्ला क्रिकेट संघले निर्णय परिवर्तन गरि आफूलाई प्रतिनिधि बनाएको दाबी गरे ।

दुवै पक्ष आआफ्नो दाबीबाट पछि नहटेपछि निर्वाचन समिति र क्यान नेतृत्वले झापा जिल्लाको प्रतिनिधित्व नै निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसका बावजुद साधारणसभामा भाग लिन गएका लामालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दको ठाडो आदेशमा पुलिसले हलबाट गलहत्याएको थियो ।

गलहत्याइँदै गरेका लामाले रुँदै क्यान नेतृत्व भ्रष्ट भएको, ‘क्रिकेटमाथि नेतृत्वको कुनै सरोकार नरहेको,’ आफूले विगतमा भएका सबै खाले गलत कामको विरोध गर्दै आएकाले साधारणसभाबाट निकालिएको प्रतिक्रिया दिए ।

उनले आफूलाई साधारणसभाबाट निकालिँदा झापा जिल्ला नै प्रतिनिधित्वबाट बञ्चित भएको गुनासो गरे । उनले आफूलाई साधारणसभामा भाग लिन नदिने भए त्यसो गर्ने निर्णयको लिखित माग गरेका थिए ।

‘यो मेरोमात्र कुरा होइन । झापा जिल्लाको प्रतिनिधित्वको विषय हो । झापा जिल्लालाई बञ्चित गर्ने हो भने उहाँहरुले बञ्चित गराउनुको लिखित कारण दिनुपर्छ । तर चन्द नेतृत्वले जंगबहादुर शैलीमा ठाडो मौखिक आदेशको भरमा मलाई गलहत्याएको छ,’ लामाले भने, ‘उनीहरुलाई क्रिकेट विकासको कुनै चिन्ता छैन । उहाँहरु क्रिकेटमा काम गर्न आउनुभएकै होइन । उहाँहरुलाई खाली आफ्नो पद र स्वार्थको मात्र चिन्ता छ ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो