माघ १८, २०८२ आइतबार | १३:३७:३३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

साधारणसभाबाट गलहत्याइएपछि लाक्पाले रुँदैं भने,‘यो भ्रष्ट नेतृत्व हो, यसले क्रिकेटको विकास गर्दैन’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभामा झापा जिल्लाको प्रतिनिधि विवादका कारण पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा रुँदै हलबाट निकालिन बाध्य भए ।

शुक्रबार राजधानीमा सुरु भएको केन्द्रिय साधारणसभाका लागि झापा जिल्लाबाट दुई जनाको नाममा फरक पत्र प्राप्त भएपछि विवाद सुरु भएको थियो । झापाबाट दुई पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाल र लाक्पा लामाको नाममा प्रतिनिधित्व गर्ने गरि पत्र प्राप्त भएका थिए ।

निर्वाचन समिति र क्यानको केन्द्रिय समितिको नेतृत्वले दुवै प्रतिनिधिसँग बसेर सहमतीको प्रयास गरे पनि सफल हुन सकेको थिएन । झापा जिल्लाबाट प्रतिनिधित्वका लागि भएको निर्वाचनमा कटुवालले १३ मतसहित लामामाथि जित हासिल गरेका थिए ।

तर, जिल्लाबाट क्यानको समयसिमा नाघिसकेपछि कटुवालको ठाउँमा लामाको नाम प्रतिनिधिका रुपमा राखेर क्यानमा पत्राचार भएको थियो । कटुवालले आफू निर्वाचनमा विजयी भएकाले आफै आधिकारिक प्रतिनिधि भएको दाबी गरे भने लामाले जिल्ला क्रिकेट संघले निर्णय परिवर्तन गरि आफूलाई प्रतिनिधि बनाएको दाबी गरे ।

दुवै पक्ष आआफ्नो दाबीबाट पछि नहटेपछि निर्वाचन समिति र क्यान नेतृत्वले झापा जिल्लाको प्रतिनिधित्व नै निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसका बावजुद साधारणसभामा भाग लिन गएका लामालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दको ठाडो आदेशमा पुलिसले हलबाट गलहत्याएको थियो ।

गलहत्याइँदै गरेका लामाले रुँदै क्यान नेतृत्व भ्रष्ट भएको, ‘क्रिकेटमाथि नेतृत्वको कुनै सरोकार नरहेको,’ आफूले विगतमा भएका सबै खाले गलत कामको विरोध गर्दै आएकाले साधारणसभाबाट निकालिएको प्रतिक्रिया दिए ।

उनले आफूलाई साधारणसभाबाट निकालिँदा झापा जिल्ला नै प्रतिनिधित्वबाट बञ्चित भएको गुनासो गरे । उनले आफूलाई साधारणसभामा भाग लिन नदिने भए त्यसो गर्ने निर्णयको लिखित माग गरेका थिए ।

‘यो मेरोमात्र कुरा होइन । झापा जिल्लाको प्रतिनिधित्वको विषय हो । झापा जिल्लालाई बञ्चित गर्ने हो भने उहाँहरुले बञ्चित गराउनुको लिखित कारण दिनुपर्छ । तर चन्द नेतृत्वले जंगबहादुर शैलीमा ठाडो मौखिक आदेशको भरमा मलाई गलहत्याएको छ,’ लामाले भने, ‘उनीहरुलाई क्रिकेट विकासको कुनै चिन्ता छैन । उहाँहरु क्रिकेटमा काम गर्न आउनुभएकै होइन । उहाँहरुलाई खाली आफ्नो पद र स्वार्थको मात्र चिन्ता छ ।’
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।