काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदको लागि पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी चार वर्षे कार्यकालको लागि आज (शनिबार) क्यानको निर्वाचन हुँदैछ । सचिव पदको लागि खड्का र मल्लले उम्मेदवारी दिएका छन् ।
बानेश्वरस्थित एक होटलमा हुने निर्वाचनमा खड्कालाई अध्यक्ष चतुरबहादुर चन्दको साथ छ । चन्द खड्कालाई साथमा राख्दै आगामी चार वर्ष सफल बनाउन चाहन्छन् ।
मल्ल समेत पछिल्लो चार वर्ष चन्दको साथमै थिए । तर, नेपाल ट्वान्टी २० लिगको विवाद चरमोत्कर्षमा पुगेपछि चन्दले मल्लको साथ छाडेका थिए । मल्ल प्रतियोगिता आयोजनाको प्रमुख हुन् । विवाद चर्किएपछि उनले पदबाट राजिनामा दिएका थिए ।
चन्दलाई बर्दिया जिल्लाका विनयराज भण्डारीले चुनौती दिने घोषणा गरिसकेका छ । मतदान दिउसो १२ बजे हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
