चैत्र ७, २०८२ शनिबार | २०:२९:१९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसिसी एसिया कपः भारतविरुद्ध ५० रनमै समेटियो श्रीलंका

काठमाडौं । मोहम्मद सिराजको उत्कृष्ट बलिङप्रेरित भारतले एसिसी एसिया कपको फाइनलमा घरेलु टोली श्रीलंकालाई ५० रनमै समेटेको छ ।  

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरसम्म मात्र टिक्न सक्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले १७ र डुसन हेमन्थाले अविजजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए । श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का, सदिरा समाराविक्रमा, चरिथा अस्लंका र धनन्नजय डि सिल्भालाई गुमाएको थियो।

सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रविन्द्र जडेजाबाट क्याच गराए । तेस्रो बलमा सामाविक्रमा एलबिडब्ल्युको सिकार बन्दा चौथो बलमा अस्लंका इशान किसनबाट क्याच भए ।

ओभरको अन्तिम बलमा डि सिल्भालाई  व्यक्तिगत चार रनमा राहुलबाट क्याच गराए । छैटौं ओभरको चौथो बलमा सिराजले कप्तान दासुन सनाकालाई बोल्ड गराए ।

हार्दिक पाड्याले १३ औं ओभरको तेस्रो बलमा दुनिथ वेलालागेलाई व्यक्तिगत आठ रनमा राहुलबाट, १६ औं ओभरकाे पहिलो बलमा प्रमोद मदुसनलाई एक रनमा विराट कोहली र दोस्रो बलमा मथिशा पाथिरानालाई किसनबाट क्याच गराए ।

भारतका लागि  सिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६, पान्ड्याले २.२ ओभरमा तीन रन खर्चिएर तीन र बुमराहले पाँच ओभरमा एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो