माघ १७, २०८२ शनिबार | २१:२०:५८
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एसिया कप फाइनल आजः घरेलु टोली श्रीलंकालाई मौका

काठमाडौं । एसिसी एसिया कप २०२३ को उपाधिका लागि आज घरेलु टोली श्रीलंका र भारत प्रतिस्पर्धा गर्दैछन् ।

कोलम्बोस्थित प्रेमदासा मैदानमा खेल दिउँसो ३ः१५ बजे हुनेछ । भारतले हालसम्म १५ संस्करण आयोजना हुँदा सर्वाधिक सात पटक उपाधि जितेको छ । श्रीलंकाले ६ पटक उपाधि जितेको छ ।

घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै श्रीलंका भारतसँग उपाधि बराबर गर्ने योजनामा छ । युवा टोलीको साथ पाएको श्रीलंकाले पछिल्ला खेलहरुमा सानदार प्रदर्शन गर्दै आएको छ । रोहित शर्मा कप्तानीमा रहेको भारत सन् २०१८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

भारत शीर्ष स्थानमा रहँदै एक खेलअघि नै फाइनलमा स्थान बनाएको थियो । श्रीलंका अन्तिम खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा पुग्नेछ । यसअघि सुपर फोरमा भारत र पाकिस्तानबीचकोे खेल रिजर्भ डेमा खेलाइएको थियो ।

भारतले बंगलादेशविरुद्ध पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्यासहित पाँच खेलाडीलाई विश्राम दिएको थियो । घाइते भएका अक्षर पटेलको स्थानमा स्पिनर वासिंगटन सुन्दर खेल्ने सम्भावना छ । श्रीलंकाका महेश थिक्क्षना पनि घाइते हुँदा फाइनल खेल गुमाउनेछन् ।

एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतपछि दोस्रो स्थानमा श्रीलंका छ । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ गरी ६ पटक उापधि जितेको छ । पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।