चैत्र १३, २०८२ शुक्रबार | ०६:५३:०७
डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एसिया कप फाइनल आजः घरेलु टोली श्रीलंकालाई मौका

काठमाडौं । एसिसी एसिया कप २०२३ को उपाधिका लागि आज घरेलु टोली श्रीलंका र भारत प्रतिस्पर्धा गर्दैछन् ।

कोलम्बोस्थित प्रेमदासा मैदानमा खेल दिउँसो ३ः१५ बजे हुनेछ । भारतले हालसम्म १५ संस्करण आयोजना हुँदा सर्वाधिक सात पटक उपाधि जितेको छ । श्रीलंकाले ६ पटक उपाधि जितेको छ ।

घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै श्रीलंका भारतसँग उपाधि बराबर गर्ने योजनामा छ । युवा टोलीको साथ पाएको श्रीलंकाले पछिल्ला खेलहरुमा सानदार प्रदर्शन गर्दै आएको छ । रोहित शर्मा कप्तानीमा रहेको भारत सन् २०१८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

भारत शीर्ष स्थानमा रहँदै एक खेलअघि नै फाइनलमा स्थान बनाएको थियो । श्रीलंका अन्तिम खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा पुग्नेछ । यसअघि सुपर फोरमा भारत र पाकिस्तानबीचकोे खेल रिजर्भ डेमा खेलाइएको थियो ।

भारतले बंगलादेशविरुद्ध पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्यासहित पाँच खेलाडीलाई विश्राम दिएको थियो । घाइते भएका अक्षर पटेलको स्थानमा स्पिनर वासिंगटन सुन्दर खेल्ने सम्भावना छ । श्रीलंकाका महेश थिक्क्षना पनि घाइते हुँदा फाइनल खेल गुमाउनेछन् ।

एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतपछि दोस्रो स्थानमा श्रीलंका छ । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ गरी ६ पटक उापधि जितेको छ । पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो