चैत्र १६, २०८२ सोमबार | २१:०६:४०
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

इङ्ल्यान्डलाई एकदिवसीय शृंखला

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा श्रीलंकामाथि १ सय ६१ रनको फराकिलो जित निकाल्दै घरेलु टोली इङ्ल्यान्डले महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

इङ्ल्यान्डले तीन खेलको शृंखला २-० ले जितेको हो । पहिलो खेलमा इङ्ल्यान्ड सात विकेटले विजयी हुँदा दोस्रो खेले वर्षाका कारण रद्द भएको थियो ।

लेस्टर सिटीस्थित ग्रेसरोड रंगशालामा बिहीबार इङ्ल्यान्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्यएको श्रीलंका २४.५ ओभरमा १ सय १२ रनमै समेटियो ।

श्रीलंकाका लागि हसिनी परेराले ३२, हन्सिमा करुणारत्नले १५, अनुस्का सञ्जिवनीले १३ तथा कप्तान चमारी अथपथु र अचिनी कौशल्याले समान १२ रन बनाए ।

इङ्ल्यान्डका लागि चार्ली डिनले ६ ओभरमा ३१ रन खर्चिदै पाँच विकेट लिइन् । यसैगरी लरेन लुइस फाइलरले तीन तथा महिका गौर र सारा ग्लेनले समान एक विमेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ३१ ओभरमा आठ विकेट गुमाउँदै २ सय ७३ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण खेललाई ३१ ओभरमा झारिएको हो ।

इङ्ल्यान्डका लागि कप्तान नटाली स्किभर ब्रन्टले ७४ बलमा १८ चौका र एक छक्काको मद्दतले एक सय २० रनको योगदान गरिन् । यसैगरी माइया एमिली बोचियरले ६५ बलमा १२ चौका र दुई छक्काको मद्दतले ९५ र बेथ हेथले २५ रन बनाए ।

तेस्रो विकेटका लागि नटाली र माइयाले १ सय ९३ रनको साझेदारी गरेका थिए ।

श्रीलंकका लागि कविशा दिल्हारीले तीन तथा इनोका रनवीरा, अचिनी कौशल्या र उदेशिका प्रबोधनीले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो