चैत्र १२, २०८२ बिहीबार | १७:४८:१७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एसिसी एसिया कपः श्रीलंका फाइनलमा

काठमाडौ । एसिसी एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्र्दै घरेलु टोली श्रीलंका एसिसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा बिहीबार पाकिस्तानले प्रस्तुत गरेको २ सय ५२ रनको विजयी लक्ष्य श्रीलंकाले अन्तिम बलमा आठ विकेट गुमाउँदै भेट्टायो  ।

श्रीलंकाका लागि  कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान गरे ।

अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यू खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रन मात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गरे ।

चरिथ ४७ बलमा तीन चौका र एक छक्काको मद्दतले ४९ रनमा अविजित रहे । सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।

तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका इफ्तिखर अहमदले तीन, शाहिन शाह अफ्रिदीले दुई र शादब खानले एक विकेट लिए ।

त्यसअघिटस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २ सय ५२ रनको योगफल तयार पारेको थियो । डकवर्थ लुइस पद्धतिको आधारमा श्रीलंकाले पनि २ सय ५२ रन नै लक्ष्य  पाएको हो ।

वर्षाका कारण खेललाई ४२ ओभरमा झारिएको हो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिक ६९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन बनाए ।

छैटौं विकेटका लागि रिजवान र अहमदले १ सय ८ तथा दोस्रो विकेटका लागि शफिक र आजमले ६४ रनको साझेदारी गरेका थिए ।
श्रीलंकका लागि मथिशा पथिरानाले तीन, प्रमोद मदुशनले दुई तथा महेश थिक्क्षना र दुनीथ वेलालागेले समान एक विकेट लिए ।

श्रीलंकाले उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ । सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २ सय २८ रनको हार बेहोरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो