माघ १७, २०८२ शनिबार | ०८:५५:२८
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

एसिसी एसिया कपः श्रीलंका फाइनलमा

काठमाडौ । एसिसी एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्र्दै घरेलु टोली श्रीलंका एसिसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा बिहीबार पाकिस्तानले प्रस्तुत गरेको २ सय ५२ रनको विजयी लक्ष्य श्रीलंकाले अन्तिम बलमा आठ विकेट गुमाउँदै भेट्टायो  ।

श्रीलंकाका लागि  कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान गरे ।

अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यू खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रन मात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गरे ।

चरिथ ४७ बलमा तीन चौका र एक छक्काको मद्दतले ४९ रनमा अविजित रहे । सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।

तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका इफ्तिखर अहमदले तीन, शाहिन शाह अफ्रिदीले दुई र शादब खानले एक विकेट लिए ।

त्यसअघिटस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २ सय ५२ रनको योगफल तयार पारेको थियो । डकवर्थ लुइस पद्धतिको आधारमा श्रीलंकाले पनि २ सय ५२ रन नै लक्ष्य  पाएको हो ।

वर्षाका कारण खेललाई ४२ ओभरमा झारिएको हो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिक ६९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन बनाए ।

छैटौं विकेटका लागि रिजवान र अहमदले १ सय ८ तथा दोस्रो विकेटका लागि शफिक र आजमले ६४ रनको साझेदारी गरेका थिए ।
श्रीलंकका लागि मथिशा पथिरानाले तीन, प्रमोद मदुशनले दुई तथा महेश थिक्क्षना र दुनीथ वेलालागेले समान एक विकेट लिए ।

श्रीलंकाले उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ । सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २ सय २८ रनको हार बेहोरेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।