काठमाडौं । पाकिस्तानले एसिसी एसिया कपको सुपर फोर खेलमा भारतविरुद्ध खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तान र भारतबीचको खेल आइतबार नेपाली समयअनुसार दिउँसो ३ः१५ मा श्रीलंकाको पालेकले क्रिकेट रंगाशालामा सुरु हुनेछ ।
पाकिस्तानले भारतविरुद्ध अघिल्ला खेलको टोलीलाई नै मैदान उतार्ने भएको छ । समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।
भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।
भारतविरुद्ध खेल्ने पाकिस्तानी टोली
बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
