चैत्र १६, २०८२ सोमबार | २१:५७:२६
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

पहिलो इनिङमै नेपाली क्रिकेटरले पक्का गरे अर्नाको ८ लाख ५० हजार पुरस्कार

काठमाडौं । आइसिसी एकदिवसीय वरियतामा तेस्रो स्थानमा रहेको भारतविरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा नेपाली टिम तथा खेलाडीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको अर्ना बियरले पहिलो इनिङमै ८ लाख ५० हजार रुपैयाँ दिनुपर्ने भएको छ ।

अर्नाले भारतमाथि जित हासिल गरे नेपाली टिमलाई ५० लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । यसैगरी छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का एक लाख, चौका प्रहार गर्नेलाई प्रति चौका २५ हजार र विकेट लिनेलाई प्रति विकेट एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

भारतविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८.१ ओभरमा सबै विकेट गुमाउँदा २३० रनको योगफल तयार गर्यो । जहाँ नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान गरे । अर्धसतकीय इनिङ खेल्ने क्रममा आसिफले ९७ बल सामना गर्दै ८ चौका प्रहार गरेका थिए । जसअनुसार उनले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तर २ छक्का र ३ चौका प्रहार गरेका आसिफका ओपनिङ पार्टनर कुशल भुर्तेलले सबभन्दा धेरै २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । कुशलले २५ बलमा ३८ रनको योगदान गरेका थिए ।

आक्रामक खेल्दै ५६ बलमा ४८ रन बनाएका सोमपाल कामीले पहिलो इनिङको प्रदर्शनका आधारमा २ लाख २५ हजार रुपैयाँ पाउने भएका छन् । उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए । नेपाली टोलीका मुख्य अलराउन्डर सोमपाल स्ट्राइक बलर पनि भएकाले उनले दोस्रो इनिङमा विकेट लिएर पुरस्कार थप गर्न सक्छन् ।

यसैगरी समान ३ चौका प्रहार गरेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ऐरीले २५ बलमा तीन चौकासहित २९ रन बनाउँदा गुल्सनले ३५ बलमा २३ रनको योगदान गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो