चैत्र १८, २०८२ बुधबार | १०:४२:०८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

विश्वकप छनोटः नेपालको लगातार तेस्रो जित

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आइतबार भुटानविरुद्ध तीन विकेटको जित निकालेको छ ।  

नेपाल लगातार तेस्रो जितका साथ ६ अंक जोडेको नेपालले सेमिफाइनल सम्भावना बलियो बनाउन बनाएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

दोस्रो पराजयसँगै तीन खेलमा दुई अंक जोडेको भुटान सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा युएईसँग नौ विकेटले पराजित भुटानले दोस्रो खेलमा कतारलाई आठ विकेटले हराएको थियो ।

मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा भुटानले प्रस्तुत गरेको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटारले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो  ।

भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पुजा महतोले तीन तथा कविता कुवँर, खुसी डंगोल र रुबिना क्षेत्रीले समान एक विकेट लिए ।

नेपालले सोमबार कतारको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो