काठमाडौं चीनमा हुने १९औं एसियाली खेलकुदका लागि पाकिस्तानको क्रिकेट टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्डले कसिम अक्रमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
एसियाली खेलकुदमा टेस्ट मान्यता प्राप्त राष्ट्रले दोस्रो टोली पठाएका छन् । पाकिस्तानले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
एसियाली खेलकुदमा क्रिकेटको प्रतिस्पर्धा सेप्टेम्बर २८ देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदैछ ।
पाकिस्तानी टोली
कसिम अक्रम(कप्तान),आमिर जमल, ओमर बिन युसुफ(उपकप्तान),अराफात मिनहास, अर्शद इक्बाल, आसिफ अली, खुसदील शाह, हैदर अली मिराज ताहिर, मोहमद हसनैन, राहिल नाजिर (विकेटकिपर),सेहनवाज दहानी सुफियन मकिम, मोहम्मद अखलाक (विकेटकिपर), उस्मान कादिर

भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
