माघ १६, २०८२ शुक्रबार | २०:५७:५०
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

आरसिबीलाई हराउँदै कोलकाता दोस्रो क्वालिफायरका लागि छनोट

सारजहाँ, (खेलाडी)- सुनील नारिनले बल र ब्याट दुवैमा सनसनीपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध बुधबार हुने इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

चार ओभरमा २१ रन खर्चँदै चार विकेट लिएका नारिनले १५ बलमा तीन छक्कासहित २६ रनको योगदान गरेपछि कोलकाताले रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी)बाट प्राप्त एक सय ३९ रनको लक्ष्य निर्धारित २० ओभरको दुई बल बाँकी रहँदै ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो । 

कोलकाताले रन पछ्याउने क्रममा ओपनर शुभमन गिलले १८ बलमा चार चौकासहित २९ रन बनाए भने अर्का ओपनर वेंकटेस ऐरले २० बलमा एक छक्कासहित २६ रनको इनिङ खेले । यसैगरी नितिश रानाले २५ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाउँदा विकेटकिपर ब्याटर दीनेश कार्तिकले १२ बलमा एक चौकासहित १० रन बनाए । 

आरसिबीका हर्शल पटेलले आइपिएल इतिहासमा ३२औं विकेट लिँदै ड्वाइन ब्राभोले २०१३ मा बनाएको एकै सिजनमा सर्वाधिक ३२ विकेट लिने कीर्तिमानसँग बराबरी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । आरसिबीका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले पनि दुई/दुई विकेट लिए ।

चार ओभरमा १९ रन खर्चेका हर्शलले सोमबार दुई विकेट लिएका थिए । दुवै ओपनरलाई आउट गरेका हर्शलले छैटौं ओभरको दोस्रो बलमा एबी डी भिलियर्समार्फत शुभमन गिललाई पवेलियनको बाटो देखाएका थिए । ११औं ओभरको अन्तिम बलमा ऐरलाई शिखर भारतको हातबाट क्याच गराउँदै उनले जारी सिजनमा ३२औं विकेट लिएका थिए । 

यसअघि सारजहाँमा टस जितेर पहिला ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । 

टोलीका लागि कप्तान विराट कोहलीले बनाएको ३९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । ३३ बल खेलेका कोहलीले पाँच चौका प्रहार गरेका थिए । 

पहिलो विकेटका लागि कोहलीले देवदत्त पाडिकलसँग ४९ रनको साझेदारी गरे । पाडिकलले १८ बलमा दुई चौकासहित २१ रनको योगदान गरेका थिए । 

ग्लेन म्याक्सवेलले १८ बलमा एक चौकासहित १५ रन बनाए भने शाहबाज अहमदले १४ बलमा १३ रन जोडे । उनले एक चौका प्रहार गरेका थिए । कुनै पनि ब्याटरले छक्का प्रहार गर्न नसकेको इनिङमा आरसिबीका लागि दोहोरो अंकमा स्कोर गर्ने अर्का ब्याटर एबी डी भिलियर्स थिए । डी भिलियर्सले नौं बलमा एक चौकासहित ११ रन बनाए । 

कोलकाताका लागि नारिनले चार विकेट लिँदा लोकी फर्गुसनले दुई विकेट लिए । 

जितपछि कोलकाता बुधबार दिल्ली क्यापिटल्सविरुद्ध हुने दोस्रो क्वालिफायरका लागि छानिएको छ । दोस्रो क्वालिफायरको विजेताले शुक्रबार दुबईमा हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

आइतबार भएको पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।