चैत्र ९, २०८२ सोमबार | १०:३४:०४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

आरसिबीलाई हराउँदै कोलकाता दोस्रो क्वालिफायरका लागि छनोट

सारजहाँ, (खेलाडी)- सुनील नारिनले बल र ब्याट दुवैमा सनसनीपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध बुधबार हुने इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

चार ओभरमा २१ रन खर्चँदै चार विकेट लिएका नारिनले १५ बलमा तीन छक्कासहित २६ रनको योगदान गरेपछि कोलकाताले रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी)बाट प्राप्त एक सय ३९ रनको लक्ष्य निर्धारित २० ओभरको दुई बल बाँकी रहँदै ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो । 

कोलकाताले रन पछ्याउने क्रममा ओपनर शुभमन गिलले १८ बलमा चार चौकासहित २९ रन बनाए भने अर्का ओपनर वेंकटेस ऐरले २० बलमा एक छक्कासहित २६ रनको इनिङ खेले । यसैगरी नितिश रानाले २५ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाउँदा विकेटकिपर ब्याटर दीनेश कार्तिकले १२ बलमा एक चौकासहित १० रन बनाए । 

आरसिबीका हर्शल पटेलले आइपिएल इतिहासमा ३२औं विकेट लिँदै ड्वाइन ब्राभोले २०१३ मा बनाएको एकै सिजनमा सर्वाधिक ३२ विकेट लिने कीर्तिमानसँग बराबरी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । आरसिबीका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले पनि दुई/दुई विकेट लिए ।

चार ओभरमा १९ रन खर्चेका हर्शलले सोमबार दुई विकेट लिएका थिए । दुवै ओपनरलाई आउट गरेका हर्शलले छैटौं ओभरको दोस्रो बलमा एबी डी भिलियर्समार्फत शुभमन गिललाई पवेलियनको बाटो देखाएका थिए । ११औं ओभरको अन्तिम बलमा ऐरलाई शिखर भारतको हातबाट क्याच गराउँदै उनले जारी सिजनमा ३२औं विकेट लिएका थिए । 

यसअघि सारजहाँमा टस जितेर पहिला ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । 

टोलीका लागि कप्तान विराट कोहलीले बनाएको ३९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । ३३ बल खेलेका कोहलीले पाँच चौका प्रहार गरेका थिए । 

पहिलो विकेटका लागि कोहलीले देवदत्त पाडिकलसँग ४९ रनको साझेदारी गरे । पाडिकलले १८ बलमा दुई चौकासहित २१ रनको योगदान गरेका थिए । 

ग्लेन म्याक्सवेलले १८ बलमा एक चौकासहित १५ रन बनाए भने शाहबाज अहमदले १४ बलमा १३ रन जोडे । उनले एक चौका प्रहार गरेका थिए । कुनै पनि ब्याटरले छक्का प्रहार गर्न नसकेको इनिङमा आरसिबीका लागि दोहोरो अंकमा स्कोर गर्ने अर्का ब्याटर एबी डी भिलियर्स थिए । डी भिलियर्सले नौं बलमा एक चौकासहित ११ रन बनाए । 

कोलकाताका लागि नारिनले चार विकेट लिँदा लोकी फर्गुसनले दुई विकेट लिए । 

जितपछि कोलकाता बुधबार दिल्ली क्यापिटल्सविरुद्ध हुने दोस्रो क्वालिफायरका लागि छानिएको छ । दोस्रो क्वालिफायरको विजेताले शुक्रबार दुबईमा हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

आइतबार भएको पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो