भाद्र २७, २०८२ शनिबार | ०८:३९:४७
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौं । नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा मंगलबार नेपालले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले  ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो ।

आयरल्यान्डका लागि कर्टिस क्याम्फले ५९ बलमा ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाए । यसैगरी ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ६०, जर्ज डकरेलले ३३, लोर्कन टुकरले २४, मार्क अदिरले १८, एन्डी म्यामबर्नीले १७, ग्यारेथ डेनालीले अविजित १६ र पउल स्टर्लिङले १४ रन जोडे ।

छैटौं विकेटका लागि क्याम्फले डकरेलसँग ८४ र चौथो विकेटका लागि टेक्टरले टुकरसँग ५८ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसले ४, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि गुल्सन झाले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा गुल्सनको यो दोस्रो अर्धशतक हो ।

यसैगरी अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहितकुमार पौडेलले २९ र भिम सार्कीले २० रन बनाए ।

आठौं विकेट लागि गुल्सन र सन्दीपले ८० रनको साझेदारी गरे ।  यो नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा आठौं विकेटका लागि लागि भएको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीपलामिछानेले युएईविरुद्ध गरेको  ७९ रन उच्च साझेदारी थियो ।

यसैगरी पाँचौं विकेटका लागि कुशल र भिमले ५९ तथा तेस्रो विकेटका लागि अर्जुन र रोहितले ५० रनको साझेदारी गरे ।

आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अदिर र क्रेइग योङ्गले समान २ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले समान १ विकेट लिए । 

 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS