चैत्र १३, २०८२ शुक्रबार | ०७:३६:२५
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

नेपाललाई ट्वान्टी-२० शृंखला

काठमाडौं । नेपालले घरेलु टोली मलेसियाबिरुद्ध पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको छ ।

नेपालले आइतबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा तीन विकेटको जित निकाल्दै शुंखला आफ्नो पक्षमा पारेको हो ।

मलेसियाले प्रस्तुत गरेको एक सय १० रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाउँदै भट्टायो ।

नेपालका लागि सीता रानामगरले ३४, कप्तान रुबिना क्षेत्रीले २३, अप्सरी बेगमले अविजित १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाए ।

मलेसियाका लागि हमिजा हसिमले दुई विकेट लिइन् ।

यसअघि वाइएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको योगफल तयार पारेको थियो  ।

मलेसियाका लागि वान जुलियाले ४७ विनीफ्रेड दुराईसिंगमले २४ तथा महिरा इस्माइलले २० रन बनाए ।

नेपालका लागि कविता जोशीले दुई तथा ईश्वरी विष्टले एक लिए ।

शृंखलाको पहिलो खेलमा पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा सात तथा तेस्रो खेलमा २७ रनको जित निकालेको थियो । यसैगरी चौथो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो