माघ १९, २०८२ सोमबार | ०१:५२:०८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

मधेस र सुदूरपश्चिम विजयी

काठमाडौं । दोश्रो संस्करणको स्वर्गीय महेन्द्र नारायण निधि स्मृति ट्वान्टी-२० क्रिकेटमा बिहीबार सम्पन्न खेलमा मधेस र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरधामस्थित रामजानकी रंगशालामा भएको घरेलु टोली मधेसले लुम्बिनीलाई ६ विकेट तथा सुदूपश्चिमले गण्डकीलाई दुई विकेटले पराजित गरे ।

यससँगै तीन वटै खेलमा जित निकालेको मधेस ६ अंकका साथ शीर्ष स्थानमा छ । विजयी सुरुआत गरेको सुदूरपश्चिमले दुई अंक जोडेको छ ।

दिनको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याए मधेशले जवाफी ब्याटिङमा १६.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

मधेसका लागि हरिशंकर साहले ४९ तथा विशाल सुस्लिङले ३० रन बनाए । लुम्बिनीका अनिल खरेल, निर्मल गुरुङ, बसिर अहमद र विशालविक्रम केसीले समान एक  विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १३ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि बसिर अहमदले सर्वाधिक २५ रन बनाए ।

मधेशका विवेक यादवले तीन  हरिशंकर साहले दुई तथा रुपेश सिंह र पवन सरार्फले समान विकेट लिए ।

गण्डकीले प्रस्तुत गरेको ६८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.५ ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । सुदूपश्चिमका लागि शेर मल्लले सर्वाधिक १३ रन बनाए ।

गण्डकीका विपिन खत्रीले तीन, चन्द्र पौडेल र सुवास भण्डारीले समान दुई तथा कमल परियारले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पारेको थियो ।  गण्डकीका दिनेश बुढामगरले सर्वाधिक १५ रन बनाए ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले तीन, हेमन्त धामी र नारायण जोशीले समान दुई तथा मिलन बोहरा र नरेन साउदले समान एक विकेट लिए ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।