चैत्र १७, २०८२ मंगलबार | २०:०४:४०
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

मधेस र सुदूरपश्चिम विजयी

काठमाडौं । दोश्रो संस्करणको स्वर्गीय महेन्द्र नारायण निधि स्मृति ट्वान्टी-२० क्रिकेटमा बिहीबार सम्पन्न खेलमा मधेस र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरधामस्थित रामजानकी रंगशालामा भएको घरेलु टोली मधेसले लुम्बिनीलाई ६ विकेट तथा सुदूपश्चिमले गण्डकीलाई दुई विकेटले पराजित गरे ।

यससँगै तीन वटै खेलमा जित निकालेको मधेस ६ अंकका साथ शीर्ष स्थानमा छ । विजयी सुरुआत गरेको सुदूरपश्चिमले दुई अंक जोडेको छ ।

दिनको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याए मधेशले जवाफी ब्याटिङमा १६.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

मधेसका लागि हरिशंकर साहले ४९ तथा विशाल सुस्लिङले ३० रन बनाए । लुम्बिनीका अनिल खरेल, निर्मल गुरुङ, बसिर अहमद र विशालविक्रम केसीले समान एक  विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १३ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि बसिर अहमदले सर्वाधिक २५ रन बनाए ।

मधेशका विवेक यादवले तीन  हरिशंकर साहले दुई तथा रुपेश सिंह र पवन सरार्फले समान विकेट लिए ।

गण्डकीले प्रस्तुत गरेको ६८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.५ ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । सुदूपश्चिमका लागि शेर मल्लले सर्वाधिक १३ रन बनाए ।

गण्डकीका विपिन खत्रीले तीन, चन्द्र पौडेल र सुवास भण्डारीले समान दुई तथा कमल परियारले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पारेको थियो ।  गण्डकीका दिनेश बुढामगरले सर्वाधिक १५ रन बनाए ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले तीन, हेमन्त धामी र नारायण जोशीले समान दुई तथा मिलन बोहरा र नरेन साउदले समान एक विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो