माघ १५, २०८२ बिहीबार | १३:१२:२५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

विश्वकप छनोटका लागि नेपालको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । आइसिसी विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि नेपालको  टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा आइतबार १६ सदस्यीय  टोली घोषणा गरेको हो ।

यसअघि क्यानले २२ सदस्यीय प्ररम्भिक टोली घोषणा गरेको थियो। प्रारम्भिक टोलीबाट कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल, अविनाश बोहरा,सन्दीप जोरा, सूर्य तामाङ र देव खनाल बाहिरिएका छन् ।

जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएइ), अमेरिका र वेस्ट इन्डिज  गरी १० टोलको सहभागिता छ ।

नेपालले  जुन १८(असार ३) मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार९) मा नेदरल्यान्ड्ससँग  खेल्नेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन् ।

समूह चरणमा प्रत्यक राष्ट्र चारले खेल खेल्नेछन् । प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्सको शीर्ष दुई टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।

छनोटअघि नेपालल दक्षिण अफ्रिकामा केही अभ्यास खेल खेल्नेछ ।

नेपालको टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, करण केसी, सोमपाल कामी,  किशोर महतो

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।