चैत्र १६, २०८२ सोमबार | १७:३१:०७
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

विश्वकप छनोट : नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट (ग्लोवल क्वालिफायर)को खेलतालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी)ले मंगलबार सार्वजनिक  गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेको सामना गर्नेछ ।

नेपाल र जिम्बावेबीचको खेल जुन १८(असार ३) मा हुनेछ । यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार९) नेदरल्यान्ड्ससँग मा खेल्नेछ ।

जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स ९युएइ०, अमेरिका र वेस्ट इन्डिजस  गरी १० टोलको सहभागिता छ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । 

सुपर सिक्सको शीर्ष दुई टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनाेट हुनेछन् । 

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो