माघ १५, २०८२ बिहीबार | १२:१९:१०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एनबिएससी र पुलिस लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । घरेलु टोली एनबिएससी विराटनगर र विभागीय टोली नेपाल पुलिस क्लले प्रथम ऋचा मेमोरियल ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित निकालेका छन् ।

शुक्रबार सम्पन्न खेलमा एनबिएससीले पाहुना टोली दिल्ली युनाइटेडलाई ३२ रन तथा नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले पारपजत गरेका हुन् ।

पुलिस र एनबिएससीबीचको खेलबाट समूह ‘ख’को विजेता टुङ्गो लाग्ने छ । यस खेलको विजेताले समूह ‘क’ बाट फाइनलमा पुगेको त्रिभुन आर्मी क्लबसँग उपाधिको लागि भिड्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा  एनबिएससीले प्रस्तु गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ९७ रनमै समेटियो ।  दिल्लीका लागि मनिष मिश्रले १७ बलमा १७, शक्ति केडीले १४ र अंकितले १२ रन बनाए ।

एनबिएससीका लागि मेहाङले चार, आयरले तीन तथा प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान एक विकेट लिए ।

यसअघि  पहिले ब्याटिङ गरेको एनबिएससीले १६.३ बलमा सबै विकेट गुमाउँदै एक सय २९ रनको योगफल तयार पारेको थियो।  
एनबिएससीका रवी शर्माले २५ , विधान गोस्वामीले २०, सुमन गतराजले १९,  इमरानले १७ र सतिश कुमारले १६ रन बनाए ।

दिल्लीका लक्की हितेशले चार, प्रदिप कुमारले तीन तथा  मनिष मिश्र र अंकित गोस्वामीले समान एक विकेट लिए ।

दोस्रो खेलमा सुदूरपश्चिमले प्रस्तु गरेको एक सय ३० रनको लक्ष्य नेपाल पुलिसले १६ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

पुलिसका लागि दिलिप नाथले ३६ बलमा आठ छक्का दुई चौकाको मद्दतमा अविजित ७५ बनाए । यसैगरी योगेन्द्रसिंह  कार्कीले २६ बलमा  चार चौका र तीन छक्काको मद्दतमा ४८, शंकर रानाले ३५ रन बनाए र  अमित श्रेष्ठले १४ रन जोडे ।

सुदुरपश्चिमका लागि हेमन्त धामीले दुई तथा कौशल राजपुत र दिपक भट्टले समान एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै  एक सय २९ रनको योगफल तयार परेको थियो । 
सुदूरपश्चिमका लागि दीपक बोहराले ३८ बलमा नौ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यसैगरी उत्तम थापा मगरले ३१ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५१, दीपक भट्टले ४४ रन जोडे ।

पुलिसका लागि योगेन्द्रसिंह कार्कीले तीन, रसिद खानले दुई तथा मन्जिल श्रेष्ठले एक विकेट लिए ।

शनिबार हुने खेलमा दिल्ली युनाइटेड र सुदुरपश्चिम तथा पुलिस र एनबिएससीले प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।