चैत्र १३, २०८२ शुक्रबार | २३:३०:०१
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एनबिएससी र पुलिस लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । घरेलु टोली एनबिएससी विराटनगर र विभागीय टोली नेपाल पुलिस क्लले प्रथम ऋचा मेमोरियल ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित निकालेका छन् ।

शुक्रबार सम्पन्न खेलमा एनबिएससीले पाहुना टोली दिल्ली युनाइटेडलाई ३२ रन तथा नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले पारपजत गरेका हुन् ।

पुलिस र एनबिएससीबीचको खेलबाट समूह ‘ख’को विजेता टुङ्गो लाग्ने छ । यस खेलको विजेताले समूह ‘क’ बाट फाइनलमा पुगेको त्रिभुन आर्मी क्लबसँग उपाधिको लागि भिड्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा  एनबिएससीले प्रस्तु गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ९७ रनमै समेटियो ।  दिल्लीका लागि मनिष मिश्रले १७ बलमा १७, शक्ति केडीले १४ र अंकितले १२ रन बनाए ।

एनबिएससीका लागि मेहाङले चार, आयरले तीन तथा प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान एक विकेट लिए ।

यसअघि  पहिले ब्याटिङ गरेको एनबिएससीले १६.३ बलमा सबै विकेट गुमाउँदै एक सय २९ रनको योगफल तयार पारेको थियो।  
एनबिएससीका रवी शर्माले २५ , विधान गोस्वामीले २०, सुमन गतराजले १९,  इमरानले १७ र सतिश कुमारले १६ रन बनाए ।

दिल्लीका लक्की हितेशले चार, प्रदिप कुमारले तीन तथा  मनिष मिश्र र अंकित गोस्वामीले समान एक विकेट लिए ।

दोस्रो खेलमा सुदूरपश्चिमले प्रस्तु गरेको एक सय ३० रनको लक्ष्य नेपाल पुलिसले १६ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

पुलिसका लागि दिलिप नाथले ३६ बलमा आठ छक्का दुई चौकाको मद्दतमा अविजित ७५ बनाए । यसैगरी योगेन्द्रसिंह  कार्कीले २६ बलमा  चार चौका र तीन छक्काको मद्दतमा ४८, शंकर रानाले ३५ रन बनाए र  अमित श्रेष्ठले १४ रन जोडे ।

सुदुरपश्चिमका लागि हेमन्त धामीले दुई तथा कौशल राजपुत र दिपक भट्टले समान एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै  एक सय २९ रनको योगफल तयार परेको थियो । 
सुदूरपश्चिमका लागि दीपक बोहराले ३८ बलमा नौ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यसैगरी उत्तम थापा मगरले ३१ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५१, दीपक भट्टले ४४ रन जोडे ।

पुलिसका लागि योगेन्द्रसिंह कार्कीले तीन, रसिद खानले दुई तथा मन्जिल श्रेष्ठले एक विकेट लिए ।

शनिबार हुने खेलमा दिल्ली युनाइटेड र सुदुरपश्चिम तथा पुलिस र एनबिएससीले प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो