ललितपुर मेयर्स कप

कोशीलाई ललितपुरको ६६ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर्स-११ ले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसामू ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि लक्ष्मी चौधरीले २३ र मनिषा उपाध्यायले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका लागि निशा शाहले तीन, अप्सरी बेगमले दुई तथा सबनम राई र अलिशा खडियाले समान एक विकेट लिए ।

पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ५१ रनको पराजय ब्यहोरेको ललितपुर कोशीलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । कोशी पनि जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।