चैत्र ७, २०८२ शनिबार | १८:३८:२०
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

क्रिकेट टोली सम्मानित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ अघिकार प्राप्त गरेको एमडिएसी स्पोर्टसले एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ ।

लिग अन्तर्गत  दशरथ रंगशालामा शनिबार भएको मनाङ मर्स्याङदी र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवबीचको खेलको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो ।

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

एमडिएसीले मनाङ र एपिएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग(टु को अन्तिम खेलमा बिहीबार युएईमाथि डकवर्थ लेविस पद्धतिकोआधारमा नौ रनको जित निकालेसँगै सिधै विश्वकप छनोटमा पुगेको हो ।

युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल विजयी भयो ।

नेपाल लिग टुका ३६ खेलमा ४० अंक जोड्दै तेस्रो स्थानमा रह्यो । लिग टुबाट बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

जिम्बाब्वेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, आइसिसी लिग टुका का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ छनोटका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

यसबाट शीर्ष दुई टोली भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो