चैत्र १८, २०८२ बुधबार | १०:५२:४८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बंगलादेशले इङ्ल्यान्डलाई हरायो

काठमाडौं । सकिब अल हसनको अलराउन्ड प्रदर्शनप्रेरित बंगलादेशले इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा ५० रनको सहज जित निकालेको छ ।

जितका बाबजुत बंगलादेशले शृंखला भने २-१ ले गुमाएको छ । इङ्ल्यान्डले पहिलो खेलमा तीन विकेट तथा दोस्रो खेलमा एक सय ३२ रनको जित निकालेको थियो ।

चट्टोग्रामस्थित जाहुर अहमद चौधरी स्टेडियममा बंगलादेशले प्रस्तुत गरेको दुई सय ४७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३.१ ओभरमा एक सय ९६ रनमा समेटियो ।

इङ्ल्यान्डका लागि जेम्स भिन्सले ३८, फिल साल्टले ३५, क्रिस वोक्सले ३४, कप्तान जोस बट्लरले २६, साम करनले २३ र जेसन रोयले १९ रन जोडे ।

बंगलादेशका लागि साकिबले चार, इवादत हसन र तैजुल स्लाम समान दुई तथा मुस्ताफिजुर रहमान र मेहदी हसनले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । 

बंगादेशका लागि सकिबले ७१ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ७५ रन जोडे । यसैगरी मुस्फिकुर रहिमले ९३ बलमा ६ चौकाको मद्दतमा ७०, नज्मुल हुसेन सान्तोले ७१ बलमा पाँच चौकाको मद्दतमा ५३, अफिफ हुसेनले १५  र कप्तान तमिम इक्वालले ११ रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन,साम करन र आदिल रसिदले समान दुई तथा क्रिस वोक्स र रिहान अहमदले समान एक विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो