माघ १८, २०८२ आइतबार | ०१:१६:१६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

बंगलादेशले इङ्ल्यान्डलाई हरायो

काठमाडौं । सकिब अल हसनको अलराउन्ड प्रदर्शनप्रेरित बंगलादेशले इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा ५० रनको सहज जित निकालेको छ ।

जितका बाबजुत बंगलादेशले शृंखला भने २-१ ले गुमाएको छ । इङ्ल्यान्डले पहिलो खेलमा तीन विकेट तथा दोस्रो खेलमा एक सय ३२ रनको जित निकालेको थियो ।

चट्टोग्रामस्थित जाहुर अहमद चौधरी स्टेडियममा बंगलादेशले प्रस्तुत गरेको दुई सय ४७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३.१ ओभरमा एक सय ९६ रनमा समेटियो ।

इङ्ल्यान्डका लागि जेम्स भिन्सले ३८, फिल साल्टले ३५, क्रिस वोक्सले ३४, कप्तान जोस बट्लरले २६, साम करनले २३ र जेसन रोयले १९ रन जोडे ।

बंगलादेशका लागि साकिबले चार, इवादत हसन र तैजुल स्लाम समान दुई तथा मुस्ताफिजुर रहमान र मेहदी हसनले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । 

बंगादेशका लागि सकिबले ७१ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ७५ रन जोडे । यसैगरी मुस्फिकुर रहिमले ९३ बलमा ६ चौकाको मद्दतमा ७०, नज्मुल हुसेन सान्तोले ७१ बलमा पाँच चौकाको मद्दतमा ५३, अफिफ हुसेनले १५  र कप्तान तमिम इक्वालले ११ रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन,साम करन र आदिल रसिदले समान दुई तथा क्रिस वोक्स र रिहान अहमदले समान एक विकेट लिए ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।