चैत्र ५, २०८२ बिहीबार | ०५:३७:२६
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

मुम्बईमाथि बेङलोरको प्रभावशाली जित

दुबई, (खेलाडी)- ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शनप्रेरित रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा आइतबार साविक विजेता मुम्बई इन्डियन्समाथि ५४ रनको प्रभावशाली जित हासिल गरेको छ । 

ब्याटबाट सर्वाधिक ५६ रनको योगदान गरेका म्याक्सवेलले दुई विकेट लिनुका साथै एउटा महत्वपूर्ण क्याच पनि लिएका थिए । 

मुम्बईका दुवै ओपनरको विकेटमा भूमिका खेलेका म्याक्सवेलले विपक्षी कप्तान रोहित शर्मा (४३) लाई देवदत्त पाडिकलको हातबाट क्याच गराए भने अर्का ओपनर क्विन्टन डी कक (२४)लाई युजवेन्द्र चहलको बलमा क्याच आउट गरे । यसैगरी क्रुनाल पाण्ड्यालाई पाँच रनमै बोल्ड गरेर म्याक्सवेलले मुम्बईको इनिङ सम्हालिन दिएनन् ।

आरसिबीका लागि हर्शल पटेलले ३.१ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट लिए भने चहलले तीन र मोहम्मद सिराजले पनि एक विकेट लिए ।

मुम्बईका लागि सर्वाधिक ४३ रनको योगदान गरेका कप्तान रोहितले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि डी ककसँग ५७ रनको साझेदारी गरेका थिए । डी ककले २३ बलमा चार चौकासहित २४ रन बनाए । मुम्बईका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको आरसिबीले कप्तान विराट कोहली र ग्लेन म्याक्सवेलको अर्धसतक प्रेरणामा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो । 

ओपनिङ पार्टनर देवदत्त पाडिकल खाता खोल्न नपाउँदै पवेलियन फर्किए पनि कोहलीले परिपक्व प्रदर्शन गर्दै ४२ बलमा ५१ रनको इनिङ खेले । त्यसक्रममा कोहलीले तीन चौका र तीन छक्का प्रहार गरेका थिए । 

म्याक्सवेलले ३७ बलमा ६ चौका र तीन छक्कासहित ५६ रनको योगदान गर्दा आरसिबीका लागि विकेटकिपर श्रीकर भारतले ३२ तथा एबी डी भिलियर्सले ११ रन बनाए । श्रीकरले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दा ६ बल खेलेका डी भिलियर्सले एक चौका र एक छक्का प्रहार गरे । आरसिबीका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चहरले एक/एक विकेट लिए ।

आइतबारको नतिजापछि १० खेलमा १२ अंक जोड्दै आरसिबी आइपिएल अंकतालिकाको तेस्रो स्थानमा उक्लिँदा आठ अंकमा सिमित मुम्बई सातौं स्थानमा झरेको छ । समान आठ अंक भए पनि राम्रो रनरेटका कारण कोलकाता नाइट राइडर्स चौथो, पञ्जाब किंग्स पाँचौं तथा राजस्थान रोयल्स छैठौं स्थानमा छन् । नौं खेलमा दुई अंकमै सिमित सनराइजर्स हैदराबाद पुछारमा छ । समान १६ अंक जोडेका चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स पहिलो र दोस्रो स्थानमा छन् ।
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं