माघ १७, २०८२ शनिबार | ०२:१५:११
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

मुम्बईमाथि बेङलोरको प्रभावशाली जित

दुबई, (खेलाडी)- ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शनप्रेरित रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा आइतबार साविक विजेता मुम्बई इन्डियन्समाथि ५४ रनको प्रभावशाली जित हासिल गरेको छ । 

ब्याटबाट सर्वाधिक ५६ रनको योगदान गरेका म्याक्सवेलले दुई विकेट लिनुका साथै एउटा महत्वपूर्ण क्याच पनि लिएका थिए । 

मुम्बईका दुवै ओपनरको विकेटमा भूमिका खेलेका म्याक्सवेलले विपक्षी कप्तान रोहित शर्मा (४३) लाई देवदत्त पाडिकलको हातबाट क्याच गराए भने अर्का ओपनर क्विन्टन डी कक (२४)लाई युजवेन्द्र चहलको बलमा क्याच आउट गरे । यसैगरी क्रुनाल पाण्ड्यालाई पाँच रनमै बोल्ड गरेर म्याक्सवेलले मुम्बईको इनिङ सम्हालिन दिएनन् ।

आरसिबीका लागि हर्शल पटेलले ३.१ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट लिए भने चहलले तीन र मोहम्मद सिराजले पनि एक विकेट लिए ।

मुम्बईका लागि सर्वाधिक ४३ रनको योगदान गरेका कप्तान रोहितले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि डी ककसँग ५७ रनको साझेदारी गरेका थिए । डी ककले २३ बलमा चार चौकासहित २४ रन बनाए । मुम्बईका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको आरसिबीले कप्तान विराट कोहली र ग्लेन म्याक्सवेलको अर्धसतक प्रेरणामा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो । 

ओपनिङ पार्टनर देवदत्त पाडिकल खाता खोल्न नपाउँदै पवेलियन फर्किए पनि कोहलीले परिपक्व प्रदर्शन गर्दै ४२ बलमा ५१ रनको इनिङ खेले । त्यसक्रममा कोहलीले तीन चौका र तीन छक्का प्रहार गरेका थिए । 

म्याक्सवेलले ३७ बलमा ६ चौका र तीन छक्कासहित ५६ रनको योगदान गर्दा आरसिबीका लागि विकेटकिपर श्रीकर भारतले ३२ तथा एबी डी भिलियर्सले ११ रन बनाए । श्रीकरले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दा ६ बल खेलेका डी भिलियर्सले एक चौका र एक छक्का प्रहार गरे । आरसिबीका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चहरले एक/एक विकेट लिए ।

आइतबारको नतिजापछि १० खेलमा १२ अंक जोड्दै आरसिबी आइपिएल अंकतालिकाको तेस्रो स्थानमा उक्लिँदा आठ अंकमा सिमित मुम्बई सातौं स्थानमा झरेको छ । समान आठ अंक भए पनि राम्रो रनरेटका कारण कोलकाता नाइट राइडर्स चौथो, पञ्जाब किंग्स पाँचौं तथा राजस्थान रोयल्स छैठौं स्थानमा छन् । नौं खेलमा दुई अंकमै सिमित सनराइजर्स हैदराबाद पुछारमा छ । समान १६ अंक जोडेका चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स पहिलो र दोस्रो स्थानमा छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।