चैत्र ६, २०८२ शुक्रबार | ०२:२४:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

हैदराबादमाथि दिल्लीको प्रभावशाली जित

दुबई, (खेलाडी)- शिखर धवन र श्रेयस ऐरले बनाएको आधारमा कप्तान ऋषव पन्तले आक्रामक ब्याटिङको साथ दिएपछि दिल्ली क्यापिटल्सले बुधबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादमाथि आठ विकेटको जित हासिल गरेको छ ।

हैदराबादले दिएको एक सय ३५ रनको लक्ष्य दुई विकेटको क्षतिमा एक सय ३९ रन बनाएर सफलतापूर्वक पछ्याउने क्रममा दिल्लीका लागि धवनले ४२ रनको योगदान गरे भने अविजित रहँदै श्रेयसले सर्वाधिक ४७ तथा ऋषवले ३५ रन बनाए । 

३७ बल खेलेका धवनले ६ चौका र एक छक्का प्रहार गरेका थिए भने श्रेयसले ४१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । यसैगरी कप्तान ऋषवले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि धवनसँगै ओपनिङ गर्न आएका पृथ्वी शाँ ११ रन बनाएर खालिल अहमदको बलमा विपक्षी टोलीका कप्तान केन विलियम्सनबाट क्याच आउट भए । धवनलाई रसिद खानले अब्दुल सामादको हातबाट क्याच गराएका थिए ।

यसअघि कागिसो रावाडाले तीन तथा अक्षर पटेल र एनरिक नर्टजेले दुई/दुई विकेट लिएपछि दिल्लीले हैदराबादलाई १३४-९ मा रोकेको थियो ।

कोभिड १९ महामारीका कारण गत मे महिनामा रोकिएर यसै साताबाट दुबईमा पुनः सुरु भएको आइपिएलको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको थियो ।

तर हैदराबादका ब्याटरमाथि विपक्षी बलर हावी भएपछि ब्याटिङ रोज्ने कप्तान विलियम्सनको निर्णय अनुकुल देखिएन । 

राबाडाले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट लिँदा नर्टजेले चार ओभरमा १२ रनमात्र खर्चिए । यसैगरी चार ओभर बलिङ गरेका पटेलले २१ रन खर्चिएका थिए । 

हैदराबादका लागि अब्दुल सामादले बनाएको २८ रन इनिङको सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । सामादले २१ बल सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

यसैगरी रशिद खानले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाउँदा विकेटकिपर ब्याटर ऋदिमन शाह र कप्तान विलियम्सनले समान १८ रनको योगदान गरे । ऋदिमनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए भने २६ बल सामना गरेका विलियम्सनले एक चौका हाने ।

हैदराबादको इनिङमा मनिष पाण्डेले १६ बलमा एक चौकासहित १७ रन बनाउँदा जेसन होल्डरले नौ बलमा एक छक्कासहित १० रन जोडे । टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो