माघ १५, २०८२ बिहीबार | २१:३३:३८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

हैदराबादमाथि दिल्लीको प्रभावशाली जित

दुबई, (खेलाडी)- शिखर धवन र श्रेयस ऐरले बनाएको आधारमा कप्तान ऋषव पन्तले आक्रामक ब्याटिङको साथ दिएपछि दिल्ली क्यापिटल्सले बुधबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादमाथि आठ विकेटको जित हासिल गरेको छ ।

हैदराबादले दिएको एक सय ३५ रनको लक्ष्य दुई विकेटको क्षतिमा एक सय ३९ रन बनाएर सफलतापूर्वक पछ्याउने क्रममा दिल्लीका लागि धवनले ४२ रनको योगदान गरे भने अविजित रहँदै श्रेयसले सर्वाधिक ४७ तथा ऋषवले ३५ रन बनाए । 

३७ बल खेलेका धवनले ६ चौका र एक छक्का प्रहार गरेका थिए भने श्रेयसले ४१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । यसैगरी कप्तान ऋषवले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि धवनसँगै ओपनिङ गर्न आएका पृथ्वी शाँ ११ रन बनाएर खालिल अहमदको बलमा विपक्षी टोलीका कप्तान केन विलियम्सनबाट क्याच आउट भए । धवनलाई रसिद खानले अब्दुल सामादको हातबाट क्याच गराएका थिए ।

यसअघि कागिसो रावाडाले तीन तथा अक्षर पटेल र एनरिक नर्टजेले दुई/दुई विकेट लिएपछि दिल्लीले हैदराबादलाई १३४-९ मा रोकेको थियो ।

कोभिड १९ महामारीका कारण गत मे महिनामा रोकिएर यसै साताबाट दुबईमा पुनः सुरु भएको आइपिएलको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको थियो ।

तर हैदराबादका ब्याटरमाथि विपक्षी बलर हावी भएपछि ब्याटिङ रोज्ने कप्तान विलियम्सनको निर्णय अनुकुल देखिएन । 

राबाडाले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट लिँदा नर्टजेले चार ओभरमा १२ रनमात्र खर्चिए । यसैगरी चार ओभर बलिङ गरेका पटेलले २१ रन खर्चिएका थिए । 

हैदराबादका लागि अब्दुल सामादले बनाएको २८ रन इनिङको सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । सामादले २१ बल सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

यसैगरी रशिद खानले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाउँदा विकेटकिपर ब्याटर ऋदिमन शाह र कप्तान विलियम्सनले समान १८ रनको योगदान गरे । ऋदिमनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए भने २६ बल सामना गरेका विलियम्सनले एक चौका हाने ।

हैदराबादको इनिङमा मनिष पाण्डेले १६ बलमा एक चौकासहित १७ रन बनाउँदा जेसन होल्डरले नौ बलमा एक छक्कासहित १० रन जोडे । टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।