काठमाडौं । नेपालले दक्षिण एसियाली बास्केटबल महासंघ (साबा) महिला च्याम्पियनसिपको पहिलो खेलमा आइतबार घरेलु टोली भारतको सामना गर्दैछ ।
खेल डिल्लीस्थित एडी जादव इन्डोर रंगशलामा नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।
प्रतियोगिताको तेस्रो संस्करणमा यी दुईसँगै माल्दिभ्स पनि सहभागी छ । नेपालले लिग चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।
नेपाल अघिल्ला दुवै संस्करणको उपविजेता हो । नेपाललाई दुवै पटक श्रीलंकाले निरास बनाएको थियो । श्रीलंकाले भने यस पटक सहभागिता जनाएको छैन ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
