चैत्र १४, २०८२ शनिबार | १६:०८:४२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

उपाधिका लागि माउन्ट मुभर्स र कीर्तिपुर भिड्ने

ललितपुर । माउन्टेन मुभर्स र कीर्तिपुर खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

तीन टिम सहभागी प्रतियोगितामा लिग चरणबाट माउन्टेन मुभर्स शीर्ष तथा कीर्तिपुर दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आइएसए नेपाललाई ४७-२८ ले पराजित गर्यो ।

माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । लगातार दोश्रो हारसँगै आइएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८-५२ ले पराजित गरेको थियो । कीर्तिपुरले आफ्नो पहिलो खेलमा आइएसए नेपाललाई ५२-४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ प्लेबक्स फाइनल प्रवेश गरेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा  रोयललाई ८२-६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडे।

अब प्लेबक्सले उपाधिका लागि आर्मीसँग खेल्नेछ । आर्मीले टाइम्सलाई ५७-५२ ले हरायो । निश्चल महर्जनले २३ अंकको योगदान गरे ।

फाइनल आइतबार हुनेछ । पुरुषतर्फको विजेता १ लाख र उपविजेताले ५० हजार  तथा महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई २० हजार तथा उदीयमान खेलाडीलाई १० हजार रुपैयाँहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो