माघ १, २०८२ बिहीबार | १२:४७:२९
सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित

थ्री बाई थ्री बास्केटबल सोमबारबाट

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

शनिबार पत्रकारसम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । ‘पहिलो संस्करण हामीले निकै भब्य आयोजना गरेका थियौं । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौं । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ ।’

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवन जोशीको सहभागिता रहेको थियो । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् । ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमी खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुबै टोलीको समर्थन रहेको छ ।’

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||